काठमान्डौ ,१३ बैशाख//
नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ। समिति सचिव दिनेश थापा मगरका अनुसार बैठक २०८३ वैशाख १४ गते सोमबार दिउँसो २ बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्नेछ।
बैठकमा प्रतिनिधि सभा निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका तथा ती उम्मेदवारका प्रस्तावक र समर्थक बनेकाहरूविरुद्ध परेका उजुरीमाथि छलफल गरिने जनाइएको छ।
त्यसैगरी, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रामेछापका सभापति कान्छाराम तामाङसँग सोधिएको स्पष्टीकरणका विषयमा पनि बैठकमा निर्णय हुने बताइएको छ।