काठमान्डौ,९ बैशाख//
मुरारी भण्डारी ले विशेष अदालत को धरौटी आदेश बदर गर्न माग गर्दै सर्वोच्च अदालत मा निवेदन दिएका छन्।
नागरिक उड्डयन प्राधिकरण का निर्देशक भण्डारीमाथि भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भएको कथित भ्रष्टाचार प्रकरणमा विशेष अदालतले ५ लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध उनले सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्।
विशेष अदालतले भण्डारी स्वयं निर्णयकर्ता नभए पनि टिप्पणी पेश गर्ने भूमिकामा रहेको ठहर गर्दै धरौटी माग्ने आदेश दिएको थियो। तर, उनले आफू निर्णय प्रक्रियामा प्रत्यक्ष संलग्न नरहेको दाबी गर्दै उक्त आदेश खारेज गर्न माग गरेका छन्।
यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार भएको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
मुद्दासम्बन्धी अन्तिम निर्णय भने सर्वोच्च अदालतको आदेशपछि मात्रै स्पष्ट हुने देखिएको छ।