रौतहट,२८ असोज//
रौतहटमा पुर्व निर्वाचनको तुलनामा ६ हजार २ सय भन्दा बढी मतदाता थपिएका छन् । २०७९ सालको प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन पछाडी ६ हजार २ सय मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जानकारी दिएको छ।
जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार जसमध्य पुरुष ४ हजार १ सय ७४ जना र महिला २ हजार ६४ जना मतदाता थपिएको छ ।
हाल सम्म रौतहटमा पुरुष २ लाख ३१ हजार ४ सय ३ र महिला एक लाख ९० हजार २ सय ८९ र तेश्रो लिंगी एक जना गरी ४ लाख २१ हजार ६ सय ९३ जना मतदाता रहेको उनले बताए।
२०७९ को निर्वाचनमा रौतहटमा पुरुष २ लाख २७ हजार २ सय २९जना र महिला १ लाख ८८ हजार २ सय २५ जना र एक जना तेश्रो लिंगी सहित ४ लाख १५ हजार ४ सय ५५ जना मतदाता रहेका थिए ।
सरकारले २०८२ फागुण २१ गते निर्वाचन घोषणा गरेपछि गत असोज १० गतेदेखि २७ गते सम्म जिल्लामा मा पुरुष ४ सय ९ र महिला १ सय ९७ गरी ६ सय ६ जनाले फोटो सहितको मतदाता नामावली दर्ता गरेको दासले जानकारी दिए ।
जसमा १६ बर्ष उमेर पुगेका नागरिकता प्राप्त नागरिकहरुले समेत मतदाता परिचयपत्रको लागी नाम दर्ता गराएका छन ।
कार्यालय प्रमुख दासले अहिले जिल्ला निर्वाचन कार्यालय रौतहटले २ वटा स्टल राखेर जिल्ला निर्वाचन कार्यालय गौरमा मतदाता परिचय पत्रको लागी फोटो सहितको मतदाता नामावली दर्ता गरिरहेको जानकारी दिए।