काठमान्डौ,२९ असोज//
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज बसेको केन्द्रीय कार्यसमिति बैठकले आगामी कात्तिक २७ र २८ गते बैठक बस्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार, सोही बैठकबाट पार्टीको महाधिवेशन तय गर्ने निर्णय पनि भएको छ ।