काठमान्डौ ,२९ असोज//
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का जुम्ला कार्यसमिति अध्यक्ष बेदबहादुर शाहीसहित चार जना निलम्बित भएका छन्।
आज कार्यसम्पादन समितिको बैठकले अनुशासन समितिको सुझावका आधारमा उनीहरूलाई एक वर्षका लागि निलम्बन गरेको अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।
लिङदेनका अनुसार जुम्लाका उपाध्यक्षद्वय विमल शाही र कालीबहादुर महत तथा कर्णाली सदस्य मन्सुर सुनारलाई बिधान बमोजिम कारबाही गरिएको हो । उनीहरूको कसुरबारे लिङदेनले केही बताएनन् ।