रौतहट ,२९ असोज//
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले ७०औं प्रहरी दिवसको अवसरमा सेवामूलक कार्यक्रम गरेको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रूपा लाबुङ सहितका प्रहरी टोली र जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी सहितका ट्राफिक प्रहरीहरूले चन्द्रपुर नगरपालिका–७ बनवहुरीस्थित मानव आश्रममा रहेका आश्रितहरूलाई आज खाना खुवाएका छन्।
त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले आश्रमका आश्रितहरूका लागि खाद्यान्न तथा राहत सामग्री सहयोग समेत प्रदान गरेको छ।
प्रहरी दिवसकै अवसर पारेर जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक लोकेन्द्र अधिकारीले कार्यालय परिसरमा वृक्षारोपण अभियानको शुभारम्भ गर्नुका साथै, ट्राफिक प्रहरीहरूको सहभागितामा चन्द्रनिगाहपुर हस्पिटल प्रालिमा रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको छ