काठमान्डौ,२८ फागुन//
नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ। सुन प्रतितोलामा २ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १७ हजार रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन ३ लाख १९ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा २०५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।