काठमान्डौ ,२ बैशाख //
सभामुख डोलप्रसाद अर्याल (डीपी ) सवार गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ।
थापाथलीस्थित सडकमा ट्राफिक नियम उल्लंघन गरेपछि उक्त गाडीसहित अगुवा र पछुवा गरी तीनवटा गाडीलाई कारबाही गरिएको हो।
प्रहरीका अनुसार लेन क्रस गर्ने क्रममा नियम उल्लंघन भएको पाइएपछि चिट काटिएको हो। गाडी सिंहदरबार पुगेपछि ट्राफिक प्रहरीले त्यहीँ पुगेर कारबाही गरेको जनाएको छ।
ट्राफिक प्रहरी स्रोतका अनुसार ‘नियम उल्लंघन गर्ने सबै समान हुन्छन्’ भन्दै कुनै पनि गाडीलाई विशेष छुट नदिइएको स्पष्ट गरिएको छ।
सभामुख गाडीमा सवार थिए वा थिएनन् भन्नेबारे भने प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन।