काठमान्डौ,२ बैशाख//
सरकारले पूर्व–पश्चिम लोकमार्गको नाम पुनः ‘महेन्द्र राजमार्ग’ कायम गर्ने प्रस्ताव अघि सारेको छ। मंगलबार सार्वजनिक गरिएको १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा यस्तो प्रस्ताव समावेश गरिएको हो।
प्रतिबद्धतापत्रअन्तर्गत पूर्वाधार विकास शीर्षकमा उक्त राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाईवे मापदण्डअनुसार स्तरोन्नति गर्ने लक्ष्य पनि उल्लेख गरिएको छ।
गणतन्त्र स्थापना भएपछि यस लोकमार्गको नाम परिवर्तन गरी ‘पूर्व–पश्चिम लोकमार्ग’ राखिएको थियो। अब भने पुरानै नाम ‘महेन्द्र राजमार्ग’ कायम गर्ने प्रस्तावले राजनीतिक र सामाजिक बहस उत्पन्न गर्ने देखिएको छ।