काठमान्डौ,२८ फागुन//
गत भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनको क्रममा काठमाडौँ प्रहरीको हिरासतबाट भागेका एक जना महिलालाई अवैध लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर–७ घर भएकी ३० वर्षीया सविना अधिकारीलाई बुधवार काठमाडौँको नागढुंगाबाट पक्राउ गरेको हो।
राजविराजबाट आउँदै गरेको बा.प्रदेश–००१–००६ ख ७४२० नम्बरको बसमा सवार आरोपीको साथबाट ८८ ग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले बताए ।
यसअघि ब्युरोले उनलाई १ सय ग्राम खैरो हेरोइनसहित पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेको थियो । जेनजी प्रदर्शन हुँदा उनी भदौ २४ मा हिरासतबाट भागेका थिइन् । आरोपीमाथि प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।