मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई (समिर) ले जनमतबाट यस स्थानमा पुगेको उल्लेख गर्दै आफु गाँउ गाँउमा पुग्ने गरेको बताउनुभएको छ । गाँउका समस्या वा गुनासो प्रत्यक्ष भेटेर सुन्ने र निराकरणका लागि आवश्यक सहयोग वा पहल गर्ने गरेको बताउनुभयो । रौतहटको चन्द्रनिगाहपुरमा नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) चन्द्रपुर नगर कमिटिले गरेको शुभकामना तथा भेटघाट कार्यक्रममा बोल्दै उहाँले जन अपेक्षा अनुसार नै आफुले काम गर्दै आएको दावी गर्नुभयो । जनप्रतिनिधीले गरेको कार्यको मुल्याङ्गन गर्न सुझाव दिर्दै उहाँले निर्वाचनको समयमा गरेको वाचा र प्रतिवद्धता कार्यन्वयन भए÷नभएको टिपोट गर्न आग्रह गर्नुभयो । यहाँका बासीको माग र चाहना अनुसार नै विकासका काम र योजना भएको उहाँको भनाई छ । हरेक विकास निर्माणका काममा आफनो साथ रहने उहाँले प्रतिबद्धता व्यतm गर्नुभयो । रौतहट क्षेत्र नं. ४ (क) का जनतासँग नियमित भेटघाट कार्यक्रमलाई निरन्तरता दिदैँ आउनुभएको भट्टराईले विकासका लागि आफुले सदैव सहयोग गर्ने तयार रहेको उल्लेख गर्नुभएको थियो । यहाँ बासी, कृषक वा अगुवासंग गरेको प्रतिवद्धता अनुसार नै कामलाई तिव्रता दिएको उहाँले जानकारी दिनुभयो । उद्योग बाणिज्य तथा पर्यटन क्षेत्रमा समेत आफुले काम गर्ने प्रतिवद्धता व्यतm गर्नुभयो । जनमतबाट नै आफु यस स्थानमा पुगेको उल्लेख गर्दै उहाँले मधेश प्रदेश सरकारमा आफनो कार्यकालमा परिर्वतन आउने बताउनुभयो । नेपाल कम्युनिष्ट पाटी (माओवादी केन्द्र) चन्द्रपुर नगर कमिटि मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्रीलाई सम्मान गरेको हो । मन्त्री नियुतm भएपछिको यो पहिलो सम्मान भएको बताउँदै उहाँले यसले थप जिम्मेवारी बनाएको बताउनुभयो । सो कार्यक्रममा माओवादी नेता एकराज थापा, वहिद अन्सरी, राजु धामी, देवकी नेपाल ,सरस्वती खुलाल, टिका आचार्य, चेत प्रसाद वोलखे लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा सहभागी अतिथीहरुले मधेश प्रदेशमा माओवादी पाटीमा प्रवेश गर्नेको संख्या बढेको उल्लेख गर्दै २०८४ मा मधेसमा ने.क.पा. (माओवादी केन्द्र) पहिलो पार्टी बन्ने दावी गरेका छन् । पछिल्लो समयमा विभिन्न पाटीमा रहेका नेता तथा कार्यर्तामा असन्तुष्टी बढ्दै गएको र माओवादी केन्द्र प्रति आर्कषित भएको उनीहरुको भनाई छ । यसअघि नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको थियो ।