रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद जैसवालले सफा सहर नै स्वस्थ समाजको आधार भएको बताउनुभएको छ । यस नगरपालिकामा निरन्तर सफाई र व्यवस्थापनको प्रक्रियामा सुधार ल्याउने उद्देश्यले यो सरसफाई अभियानलाई अघि बढाइएको उहाँले बताउनुभएको छ । नगरवासीहरुको स्वास्थ्य र सफाईलाई लक्षित गरी सरसफाई कार्यलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले फोहर व्यवस्थापनको काममा लापरवाही गर्ने सरसफाई कर्मीहरूमाथि कारबाही गरिने चेतावनी समेत दिनुभयो । नगर पालिका अन्तर्गत मुख्य बजार एरिया जयनगर, शिवनगर, झाझपुल, गरुडा, विर्ता, जिगंडीया ईत्यादी एरियाहरुमा सरसफाईको क्रममा वा सो विषयलाई लिएर यदि जन गुनासो आएमा सुईपर कर्मचारीहरुको पेशा जोखिममा रहने बताउनु भएको थियो । फोहरहरूको नियमित सफाईले नागरिकहरूको स्वास्थ्य कायम सुरक्षा गर्ने माध्यम हो भन्ने सन्देश पनि दिएको छ । साथै, जैसवालले कर्मचारीहरूलाई समर्थन गर्नका लागि नगरपालिका द्वारा उपलब्ध वस्त्रो, सामग्री र आवश्यक साधनहरूको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । नगरपालिका अन्तर्गतका सरसफाई कर्मीहरूलाई पालिका भरका फोहर व्यवस्थापनमा विशेष ध्यान दिने गरी निर्देशन दिनुभयो । यस सुझावलाई , गरुडा नगरपालिकाका नागरिकहरूले पनि उत्साहपूर्वक अवदेखि आफ्नो वातावरणलाई स्वच्छ र स्वस्थ बनाउनमा योगदान पु¥याउने प्रतिबद्धता जनाएका छन् ।