चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सञ्जय कुमार काफ्लेले चन्द्रपुर नगरपालिका विकास र समृद्धिको बाटोमा अघि बढेको बताउनुभएको छ । हाइवेन्यूजसँग विशेष कुराकानी गर्दै नगरप्रमुख काफ्लेले आफु निर्वाचित भएर आएदेखि चन्द्रपुरका सबै क्षेत्रहरुको विकासको लागि आफुले योजना बनाएर निरन्तर काम गरिरहेको बताउँदैै उहाँले आफ्नो कार्यकालमा नगरपालिकालाई समृद्ध नगरपालिका बनाउन कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आफुले निर्वाचित भएर आएदेख शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उहाँले नगरवासीले गर्व गर्न लायक नगर बनाउन आफुले कुनै कसर बाँकी नराख्ने बताउनुभयो । ‘चन्द्रपुर नगरपालिका वासीले गर्व गर्न लायक चन्द्रपुर नगरपालिका हामी बनाउँछौ’ उहाँले भन्नुभयो , ‘यसका लागि हामी सबै जनप्रतिनिधीहरु योजनावद्ध ढंगले अगाडि बढिरहेका छौं । केही कामको सुरुवात भइसकेको छ भने केही सुरुवाात हुने क्रममा छ ।’
शिक्षानै समाज विकासको पहिलो प्राथमिकतानै हो भनेर नगरभित्र रहेका सामुदायिक विद्यालयहरुको भौतिक तथा शैैक्षिक गुणस्तरको विकासको लागि नगरप्रमुख काफ्लेले निर्वाचित भएर आएदेखिनै लागिरहेको जनाउनुभएको छ । यसका लागि नगरपालिकाले सामुदायिक विद्यालयहरुको भवन निमार्णको लागि वजेट छुट्याएर बालबालिकाहरुलाई सुविधासम्पन्न भवनमा बस्ने वातावरणको निमार्ण गरेको उहाँले बताउनुभयो । कक्षाकोठाको अभावमा बहुकक्षा चलाउनुपर्ने वाध्यताको अन्त्य गर्दै चन्द्रपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुमा पक्की भवन र कक्षाकोठाहरु थप गरेको सुनाउँदै उहाँले नगरभरीका हरेक सामुदायिक विद्यालयहरुलाई भौतिक पूर्वाधारमा अब्बल बनाउने आफ्नो लक्ष्य रहेको बताउनुभयो । ‘विद्यालयहरुको भवन सँगसँगै डेस्क बेञ्च, फर्निचर, कम्प्युटर, पुस्तकालय लगायतका पूर्वाधारहरुमा पनि चन्द्रपुर नगरपालिकाले लगानी गरिरहेको छ’ उहाँले भन्नुभयो, ‘शिक्षकहरुको दरबन्दी, अपुग शिक्षकहरुको पदपूर्ति लगायतको विषयमा पनि हामीले निरन्तर काम गरिरहेका छौं । शिक्षा क्षेत्रलाई अब्बल बनाउन हामीले कुनैपनि कसर बाँकी राख्नेछैनौं ।’
यसैगरी स्वास्थ्य क्षेत्रको विकासको लागि पनि चन्द्रपुर नगरपालिकाले निकै कामहरु गरिरहेको नगरप्रमुख काफ्लेले जनाउनुभएको छ । चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुर सरकारी अस्पताललाई निरन्तर स्तोरन्ती गरिहेको जनाउँदै उहाँले आफ्नो यो कार्यकालभरीमा सो अस्पताललाई सुविधासम्पन्न अस्पताल बनाउन केन्द्र, प्रदेश सरकारसँग सहकार्य गदै आएको जनाउनुभएको छ । उहाँले नगरभरी रहेका स्वास्थ्य चौकीहरुलाई पनि औधषी , जनशक्ति र सेवा सुविधामा अब्बल बनाउन आफुले कामहरु गरेको स्मरण गर्दै नगरका विभिन्न वडामा वथिङ्ग सेन्टरहरुको स्थापना गरेर असुरक्षित तरिकाले घरमै बच्चा जन्माउनुपर्ने वाध्यताको अन्त्य गरेकको बताउनुभयो । उहाँले नगरभरि रहेका निजी अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई पनि नगरपालिकाको दायरमा ल्याएर निरन्तर अनुुगमन तथा मुल्याङ्कन गरिरहेको जनाउँदै सबैको लागि सुलभ र सुविधासम्पन्न स्वास्थ्य सुविधा चन्द्रपुरमै उपलब्ध हुने वातावरणको सृजना गर्न आफुहरु सफल हुने कुरामा विश्वास व्यक्त गर्नुभयो ।
चन्द्रपुर नगरपालिका कृषि प्रधान नगरपालिका भएकाले यहाँको कृषि क्षेत्र र कृषकहरुको समग्र विकासको लागि पनि चन्द्रपुर नगरपालिकाले भूमिका खेलीरहेको नगर प्रमुख काफ्लेको भनाइ छ । कृषि क्षेत्रको विकासको लागि वडागत रुपमा सिचाइँको व्यवस्था मिलाउन नगरपालिकाले वजेट व्यवस्थापन गर्दै अगाडि बढिरहेको जनाउँदै उहाँले कृषकहरुको लागि उन्नत विउ विजनको व्यस्वथा, अनुदानको समूचित वितरण, पशुपालनको सम्बन्धि तालिम तथा सेवाको प्रवद्धन, रासायनिक मलको वैज्ञानिक तरिकाले वितरणको व्यवस्था मिलाउने, बैमौसमी तरकाी खेती प्रविधीको सिकाइ , प्लाष्टिक टनेलको निमार्ण, कृषि उपजको बजारीकरण लगायतका कार्यहरुमा नगरपालिकाले सबै खाले श्रोतहरुको व्यवस्थापन र परिचालन गरिरहेको जनाउनुभयो । ‘कृषकहरुको कृषि उपज भन्डारणको लागि चन्द्रपुर १० मा देशकै नमुना शित भण्डार निमार्ण गरेर सञ्चालनमा ल्याउँदैछौं’ उहाँले भन्नुभयो , ‘कृषि प्रधान नगर भएकाले कृषकहरुको विकासको लागि केसम्म गर्न सकिन्छ हामी गर्छौ । हामी कृषकहरुलाई सबै पक्षहरुबाट आत्मनिर्भर , समक्ष र सवल बनाउनेतिर लागिपरेका छौं ।’
चन्द्रपुर नगरपालिका पर्यटनको विकासको प्रयाप्त सम्भावना बोकेको नगर भएकाले यहाँको पर्यटनको विकासको लागि पनि चन्द्रपुर नगरपालिकाले कार्यहरु गरेको नगर प्रमुख काफ्ले जानकारी दिनुभयो । उहाँले चन्द्रपुर नगरपालिकाभित्र रहेका नुनथर, पौराई , जंगे झरना, सहिद स्मृति पार्क, तिलेश्वरनाथ, कालापानी, डाबरी, मर्धर, कोटीहोम, निजानन्दधाम लगायतका पर्यटकिय स्थलहरुको विकास र प्रवद्धनको लागि चन्द्रपुर नगरपालिकाले वजेट व्यवस्थापन गर्दै आएको बताउँदै उहाँले चन्द्रपुर नगरपालिकालाई पर्यटकिय नगर बनाउन सबैले दायित्व बहन गर्दै लाग्नुपर्ने बताउनुभयो । उहाँले नुनथरलाई फिल्म सिटीको रुपमा विकास गर्न केन्द्र तथा प्रदेश सरकारमा योजना पेश गरेको जनाउँदै अबका दिनहरुमा चन्द्रपुरमा देशभरीकै पर्यटकहरु घुम्न आउने पुर्वाधारहरु विकास गर्न चन्द्रपुर नगरपालिकाको योजना रहेको सुनाउनुभयो ।
चन्द्रपुर नगरपालिकामा व्याप्त गरिबी तथा बेरोजगारी समस्याको समाधान गर्न चन्द्रपुर नगरपालिकाले त्यस्ता वर्गलाई लक्षित गर्दै विभिन्न रोजगारमूलक तालिमहरु पनि सञ्चालन गरिरहेको उहाँले बताउनुभयो । ‘हामीले रोजगार बनाउन वडागत रुपमा आयआर्जनमूलक सिपमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेकाछौं’ उहाँको भनाइ छ, ‘विभिन्न सिपमूलक तालिमसँगै यहाँका नागरिकहरु रोजगार, स्वरोजगार हुनुहुनेछ । यसका लागि नगरपालिकाले पनि निरन्तर सरोकारवाला सबैसँग सम्न्वयन गर्दै आइरहेको छ ।’
चन्द्रपुर नगरपालिकाले पूर्वाधार विकासको क्रममा नगरभरीका सडकहरु कालोपत्रे, ढलान, ग्राभेल गर्दै आइरहेको जनाउँदै आफ्नो कार्यकाल भरीमा चन्द्रपुर नगरपालिका धुलोे सडक मुक्त नगरपालिका हुनेमा विश्वास व्यक्त गर्नुभयो । चार्जिङ्ग स्टेशनको निमार्ण, टेकान बसपार्कको निमार्ण तथा सञ्चालन, चन्द्रपुर १ बागमतीमा व्यवस्थित आर्यघाट निमार्णको थालनी, सामुदायिक भवन, मठमन्दिर , गुम्बा लगायतका भौतिक पूर्वाधारहरुले चन्द्रपुर नगरपालिकालाई भौतिक पूर्वाधारमा अब्बल बनाउने उहाँको विश्वास छ । नगर प्रमुखको उम्मेदवार भएर चन्द्रपुर नगरवासीहरुसँग गरेका वाचा तथा प्रतिवद्धताहरु केही पुरा गरिसकेको र केही पुरा गर्ने क्रममा रहेको जनाउँदै उहाँले नगरवासीको इच्छा अनुसार चन्द्रपुरलाई विकासमा अब्बल नगर बनाउने प्रतिवद्धता व्यक्त गनुभयो । ‘निर्वाचित भएर आएपछि हामीले धेरै कामहरुको हामीले थालनी र पुरा गरेका छौं’ उहाँले भन्नुभयो, ‘चन्द्रपुर नगरपालिकालाई समृद्ध र विकसित नगर बनाउन हामी लागेका छौं । चन्द्रपुर नगरपालिका देशकै नमुना नगर बन्नेमा हामी विश्वस्त छौं ।’