काठमान्डौ,६ बैशाख//
गुण्डागर्दीमा संलग्न आरोपमा प्रहरीले निरे भनेर चिनिने निराजन पौडेललाई पक्राउ गरेको छ। काठमाडौँ महानगरपालिका–३ बसुन्धारा घर भएका पौडेललाई वैशाख ३ मा पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए ।
पछिल्लो समय ठेक्कापट्टा गर्दै आएका पौडेल मिलन चक्रे समूहमा रहेर गुण्डागर्दीमा संलग्न रहेको आरोप छ । यसअघि उनीविरुद्ध हातहतियार, ज्यान मार्ने उ्रद्योग र अभद्र व्यवहार सम्बन्धी ६ वटा मुद्दा दर्ता भएको थियो । एस्सपी भट्टराईका अनुसार अहिले उनी सातौँ मुद्दामा पक्राउ परेका हुन् ।