बैशाख ०६, रौतहट
रौतहटको चन्द्रपुर नगर समितिले नागरिकका विविध क्षेत्रसँग सम्बन्धित समस्याहरूलाई सहज र व्यवस्थित रूपमा समाधान गर्न विशेष कार्यदल गठन गर्ने निर्णय गरेको छ। समितिको हालै सम्पन्न बैठकले जनसरोकारका मुद्दाहरूलाई प्राथमिकतामा राख्दै प्रभावकारी रूपमा काम गर्ने उद्देश्यले यस्तो कार्यदल गठन गर्ने निर्णय गरेको हो।
नगर समितिका अनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सामाजिक न्याय, प्रशासनिक सेवा लगायतका क्षेत्रमा नागरिकले भोगिरहेका समस्याहरूलाई सम्बन्धित निकायसम्म पुर्याई समाधान प्रक्रियालाई छिटो, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्य राखिएको छ। कार्यदलले कुनै पनि प्रकारको दबाब सिर्जना गर्नेभन्दा पनि संवाद, सहकार्य र समन्वयमार्फत समाधान खोज्ने रणनीति अपनाउने जनाएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नगर सभापति अरुण लामाले विगतमा राजनीतिक पहुँचका आधारमा हुने गलत अभ्यासलाई अन्त्य गर्दै निष्पक्ष र न्यायपूर्ण अभ्यासलाई संस्थागत गर्ने उद्देश्य रहेको बताए। उनले भने, “यो अभियानले कुनै दल विशेष वा व्यक्तिको पक्षपोषण गर्ने होइन, बरु अन्यायमा परेका नागरिकहरूको आवाज बनेर काम गर्नेछ। हामीले सुरु गरेको यो पहल समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिएका छौं।”
त्यसैगरी नगर सचिव मुकुन्द पौडेलले सुशासनको प्रत्याभूति दिलाउन कार्यदलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। “हामी सम्बन्धित निकायहरूसँग सहकार्य गर्दै उत्कृष्ट न्याय सम्पादनका लागि सहयोग पुर्याउनेछौं। बोली नभएकाहरूको आवाज बन्ने र न्यायबाट वञ्चित भएकाहरूलाई साथ दिने हाम्रो प्रमुख लक्ष्य हो,” उनले बताए।
समितिले गठन गर्न लागेको कार्यदलमा विभिन्न क्षेत्रका जानकार, सामाजिक अभियन्ता, कानुनी परामर्शदाता तथा युवा प्रतिनिधिहरूलाई समेट्ने योजना बनाएको छ। कार्यदलले नियमित रूपमा नागरिकसँग प्रत्यक्ष संवाद, गुनासा संकलन, तथ्यगत अध्ययन तथा सम्बन्धित निकायसँग समन्वय गरी समस्याको समाधान खोज्ने कार्य गर्नेछ।
स्थानीय तहमा देखिएका बेथिति, ढिलासुस्ती र पहुँचका आधारमा हुने विभेदलाई अन्त्य गर्दै सुशासन कायम गर्ने दिशामा यो कदम महत्वपूर्ण हुने अपेक्षा गरिएको छ। नगर समितिले आगामी दिनमा कार्यदलको कार्यविधि सार्वजनिक गर्दै यसको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने जनाएको छ।
अभियानका जिम्मेवार सयोजकहरु र सहजीकरणका क्षेत्रहरु
१ शिबराम राउत : साना तथा ठुला ब्यपारीहरुका समस्या ९८४९७६०९८८०
२ मकुन्द पौडेल: खानेपानी, स्वास्थ्य र सरसफाइ ९८५४०४९९५५०
३ पुरनदेब चौधरी: शिक्षा ९८४५६०८८८८०
४ बिस्नु थापा: चन्द्रपुर नगर पालिका मा पर्ने सबै समस्याहरु ९७६५७०५२४६०
५ रेबती दहाल: बन नदि र बाताबरण ९८४१५७४२४३०
६ बिस्नु पहाडि: भुमि सम्बन्धि समस्या ९८४५६६०४३००
७ राज किशोर गुप्ता: इ प्रशासन र सरकारी कार्यालय्हरु ९८५५०४१३२२०
८ गङा खडका: महिला बालबालिका र जेष्ठ नागरिक ९८४५११६०८७०
९ रोहित बास्तोला: गृह सम्बन्धि नागरिकका समस्याहरु ९८५५०३२७९४०