बारा ,६ बैशाख //
बारा जिल्लामा चट्याङ लागेर एक किसानको मृत्यु भएको छ।
मृत्यु हुनेमा कोल्हवी नगरपालिका–५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता विजयराज पण्डितका अनुसार खेतमा काम गरिरहेका बेला आएको हुरीबताससहितको वर्षाका क्रममा उनलाई चट्याङ लागेको हो।
छठिघाट नजिक खेतमा काम गरिरहेका चौधरी चट्याङ लागेपछि घटनास्थलमै ढलेका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई स्थानीयले घर पुर्याए पनि त्यतिबेलासम्म उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकका श्रीमती र दुई छोरा रहेका छन्।