नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले सहकारी ठगी उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथि पनि उजुरी परेकोले राजीनामा गर्नुपर्ने बताउनुभएको छ । गृहमन्त्री लामिछाने अनुसन्धानको घेरामा रहेकाले राजीनामा दिनु पर्ने उहाँको तर्क छ । अनुसन्धानको घेरामा रहेका व्यक्ति गृहमन्त्री रहँदा अनुसन्धान नै प्रभावित हुन सक्ने भन्दै उहाँले राजिनामाको माग गर्नुभयो । रौतहटको चन्द्रनिगाहपुरमा बिहिबार नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले सुन तस्करी र सहकारी पीडितलाई न्याय दिनुपर्ने र कारवाहीको दायरामा ल्याउनुपर्ने जिकिर गर्नुभयो । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पटक पटक कांग्रेस–एमालेलाई धोका दिएको उहाँले बताउनुभयो । उहाँले बर्तमान राजनिति अस्थिरताको जड बर्तमान प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्ड भएको समेत जिकिर गर्नुभयो । काङ्ग्रेसको रुख छापलाई मात्र कार्यकर्ता र जनताले बुझेको भन्दै प्रतिक्रियाबादीहरुको चलखेलको जनताले मुल्यांकन गर्ने बताउनुभयो ।नेपाली कांग्रेस पार्टीले आउने निर्वाचनमा कुनै राजनीति पार्टी संग गठबन्धन नगर्ने समेत उहाँले स्प्रष्ट पार्नुभएको छ । जनताको मुद्दालाई सम्बोधन गर्न कांग्रेस संसद र सडकबाट एकसाथ काम गर्ने उहाले बताउनुभयो । कांग्रेसले कसैलाई धोका नदिएको उहाँको तर्क छ । काँग्रेसले अब प्रतिपक्षको भुमिका सशक्त ढंगले निर्बाह गर्दै रचनात्मक कार्यमा समेत लाग्ने उहाले बताउनुभयो । उहाँ काँग्रेसको संगठनलाई ग्रासरुटमा पूर्ननिर्माण र पूर्नताजगी दिलाउदै हिडेको कार्यक्रममा बताउनुभयो । प्रेस युनियन काँग्रेसको सुभेच्छुक संस्था भएको हुदा संस्थालाई चलायमान र गतिशील बनाउन स्थानिय नेतृत्वको भुमिका महत्वपूर्ण हुने बताउदै सबैले सहयोग र साथ दिन आबश्यक रहेको केन्द्रीय सदस्य संग्रौलाको रहेको छ । मधेश जागरणको अभियानलाई लिएर बिभिन्न जिल्लाहरुमा नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई उहाँले तिब्रता दिदै आउनुभएको छ । पत्रकार भेटघाटमा संचारकर्मीहरु सहित नेपाली काँग्रेस मधेश प्रदेश सदस्य सूर्य बहादूर थापा, नेपाल थारु संघका केन्द्रीय सदस्य मनोज चौधरी, नेबिसंघ जिल्ला सभापति अधिकार लामिछाने लगायत नेपाली काग्रेसका बिभिन्न तह र तप्कामा रहेका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।