मधेश प्रदेश सरकारका उद्योग बाणिज्य तथा पर्यटन मन्त्री यूवराज भट्टराई (समिर) ले पर्यटकिय क्षेत्र विकासका लागि छुट्टै योजना बनाएर अघि बढ्ने बताउनुभएको छ । मधेश प्रदेश उद्योग तथा पर्यटन क्षेत्रमा सम्भवता बोकेकाले यसको समग्र विकासमा ध्यान दिएको उहाँको भनाई छ । यहाँको पर्यटनको क्षेत्रमा उल्लेखनिय सुधार नभएको उल्लेख गर्दै उहाँले यसका बारेमा आफुले विज्ञहरुसंग छलफल गर्ने धारणा राख्नुभएको छ । रौतहटको चन्द्रनिगाहपुरमा शनिवार चन्द्रपुर नगर उद्योग बाणिज्य संघ र होटल तथा पर्यटन व्यवसायी संघले गरेको सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै उहाँले आन्तरिक तथा वाह्य पर्यटकलाई यस प्रदेशमा आकर्षित गर्ने किसिमको बातावरण वनाउनु पर्ने बताउनुभयो । यहाँ धार्मिक, मानव निर्मित तथा प्रकृतिका पर्यटकिय क्षेत्र प्रशस्त भएपनि महत्व वा बिशेषताका बारेमा जानकारी नहुँदा उल्लेखनिय पर्यटकहरु नआएको उहाँले दावी गर्नुभयो । मधेश प्रदेश सरकारको मन्त्री पदको जिम्मेवारी सम्हालेपछि पर्यटकिय स्थल वा गन्तव्यका विशेषता समेटिएको अनलाईन पोटल वा एप्स वनाउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । रौतहट क्षेत्र नं. ४ (क) का मधेश प्रदेश सभा सदस्य समेत रहेका भट्टराई मन्त्री भएपछि यस क्षेत्रको उद्योग तथा पर्यटन क्षेत्रमा सुधार आउने अपेक्षा गरीएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघका अध्यक्ष उदय नारायण सापकोटाले बताउनुभयो । कृषि ,पर्यटन ,उद्योग व्यापार समृद्धीको मुख्य आधार भएकाले यस क्षेत्रबाट प्रथम पटक मधेश प्रदेश सरकारका मन्त्री भट्टराई हुनुभएकाले सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरीएको उहाँले जानकारी दिनुभयो । सो कार्यक्रममा रौतहट होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष शिवराम राउत, नगर उद्योग बाणिज्यका पदधिकारी, व्यापारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रममा मन्त्री भट्टराईलाई सफल कार्यकालको शुभकामना सहित सम्मान पत्र प्रदान गरीएको थियो ।