काठमाडौं,१८ जेष्ठ//
सांसदहरूको नाराबाजी र अवरोधपछि राष्ट्रिय सभा बैठक भोलि मंगलबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह को अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूले बैठकमा विरोध र नाराबाजी गरेका थिए।
लगातारको अवरोधपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको घोषणा गरेका हुन्।