काठमाडौं ,१८ जेष्ठ//
प्रधानमन्त्री बालेन्द्र शाह को अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
बैठकका क्रममा सांसदहरूले नाराबाजी गर्दै विरोध जनाएपछि राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले बैठक २० मिनेटका लागि स्थगित भएको घोषणा गरेका हुन्।
प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा विरोध जारी रहेको छ।