काठमाडौं । एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस विज्ञप्तीप्रति ध्यानाकर्षण भएको जनाएको छ । प्रेस चौतारीका महासचिव हिरामान लामाले एक विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफ्नो मूल उद्देश्य नै बिसिएर सत्तारुढ गठबन्धनका भातृ संगठनका रुपमा सम्माननीय राष्ट्रपतिविरुद्ध समेत बक्तव्यबाजी गरेर गम्भीर गल्ती गरेको प्रेस चौतारी नेपालको ठहर छ ।
प्रेस चौतारीले भनेको छ, ‘मुलुकभर श्रमजीवि पत्रकार पारिश्रमिक नपाएर पीडित बनिरहेका बेला पत्रकार महासघ श्रमजीविका पक्षमा कुनै काम गर्न सकिरहेको छैन । सत्तारुढ गठबन्धनमै आवद्ध दलका नेताले सञ्चालन गरेका टेलिभिजनले लामो समयसम्म श्रमजीवि पत्रकारलाई विनापारिश्रमिक काम लगाइरहको र त्यहां कार्यरत सञ्चारकमी तीन महिनादेखि आन्दोलनमा छन । सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई राजनीतिक पूर्वाग्रहको आधारमा निश्कापण गर्ने र आफ्ना कार्यकर्ता भर्ती गर्ने काम पनि यथावत छ आफूले गर्नेपर्ने यी सबै विषयमा पत्रकार महासंघ मौन छ । तर सत्ता गठबन्धनको प्रचार संयन्त्र बनेर पत्रकार महासंघ राजनीतिक वक्तव्यवाजीमा भने निकै अगाडि देखिएको छ ।’
पछिल्लो पटक महासंघको लेटरप्याडकै बदनाम हुने गरी सम्माननीय राष्ट्रपतिविरुद्ध विपचमन गर्दै बक्तव्य जारी गर्ने, संविधानको मर्यादाभन्दा बाहिर गएर राष्ट्रपतिविरुद्ध बक्तव्य दिन उपराष्ट्रपति र प्रधानमन्त्रीको आपत्तिजनक कामप्रति केही नबोल्ने तथा सम्माननीय प्रधानन्यायाधीशलाई सरकारी निवासमै नजरबन्द गर्दा पनि नबोले काम आफैमा खेदजनक भएको महासचिव लामाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिम भनिएको छ, ‘यी कार्यहरूले पत्रकार महासंघ आफ्नो स्वतन्त्र छवि कायम गर्न सकिरहेको मात्रै होइन, अमुक राजनीतिक दलका मतियार बनेका तथ्य उजागर गर्दछ प्रेस चौतारी नेपाल पत्रकार महासंघको यस्तो हर्कतप्रति कडा आपत्ति जनाउदै आफ्ना गलत कामलाई तत्काल सच्याउन आग्रह गर्दछ । साथै श्रमजीवि पत्रकारको हितमा उभ्याउदै आफ्नो साझा चरित्र कायम राख्न महासंघलाई सुझाव दिन चाहन्छ नेपाल पत्रकार महासंघले आफूलाई राजनीतिक दलभन्दा अलग नराखी मुलुकका वैधानिक निकायमाथि यसैगरी निरन्तर आक्रमण गर्ने र नेपाली जनता र श्रमजीवि पत्रकारको शीर निहत्याउने काम यथावत राखे प्रेस चौतारी नेपाल कठोर कदम चाल्न बाध्य हुने चेतावनीसमेत यसै बिज्ञप्तीमार्फत दिन चाहन्छ ।’
नेपाल पत्रकार महासंघले आफ्नो गलत कदम सच्च्याएर, श्रमजीवि पत्रकारका लागि भरोसा योग्य संगठन बन्नु पर्नेमा राजनीति गर्न नहुने प्रेस चौतारीको ठहर छ । गलत कदम नसच्च्या पत्रकार महासंघले गम्भीर मूल्य चुकाउनु पर्नेतर्फ पनि यसै बिज्ञप्तीमार्फत सचेत गराएका छ ।