रौतहटको गरुडामा रहेको मुख्य बजारमा मोटरसाईकल स्पेयर पार्टसको होलसेल विक्रेता पसलमा आगलागी हुँदा पार्टपूजा सहितका सामनहरु जलेर नष्ट भएको छ । गरुडा नगरपालिका वडा नं. ४ स्थित कुश्वाह ईन्टरप्राईजेजमा मंगलबार विहान करिव साढे १२ बजेको समयमा आगलागी भएको हो । आगोलागीबाट मोटरसाईकल स्पेयर पार्टस, मर्मतका लागि राखिएको करिव ८ वटा मोटरसाईकल, नगद, ल्यापटप तथा अन्य सामग्रीहरु जलेर क्षति पुगेको छ । कुश्वाह ईन्टरप्राईजेजका संचालक रंधीर साहका अनुसार विद्युत सर्ट भएर आगोलागी भएको हो । पसलमा कोहि नभएको अवस्थामा राति आगोलागी भएकाले क्षति धेरै भएको उहाको भनाई छ । मानविय क्षति नभएपनि पसलमा गोदाम गरेर राखिएको सम्पुर्ण पाटपूर्जा जलेर काम नै नलग्ने अवस्थामा रहेको उहाले बताउनुभयो । पसल रहेको घरमा आगलागीले क्षति पुगेको छ । उहाले आगलागीबाट करिव ६ करोड भन्दा बढीको क्षति पुगेको दावी गर्नुभएको छ । मोटरसाईकल स्पेयर पार्टसको होलसेल विक्रेता तथा वर्कशप रहेको उतm पसलमा राखिएको केहि थान नयाँ मोटरसाईकल तथा नगद जलेर नष्ट भएको संचालक साहले जिकिर गर्नुभएको छ । ईलाका प्रहरी कार्यालय गरुडाले घटनाको बारेमा जानकारी पाउनका साथ पुगेको थियो । सुरक्षाकर्मी, स्थानियबासी तथा बरुण यन्त्र (दमक)को सहयोगमा आगो नियन्त्रणमा आएको हो । आगो नियन्त्रणमा लिनका लागि चन्द्रपुर नगरपालिका, गौर नगरपालिका, गरुडा नगरपालिका, हरीवन तथा निजगढको दमकल प्रयोग गरीएको थियो । आगोलागीको घटना भएको करिव ४ घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठका अनुसार आगालागीको घटनाका बारेमा अनुसन्धान भै रहेको छ । आगलागीबाट करिव ६ करोडको क्षति भएको प्रारम्भीक अनुमान भएपनि यसको बारेमा अनुसन्धानपछि मात्र खुल्ने उहाले जानकारी दिनुभयो । विधुत सर्ट भएर आगलागी भएको खबर प्राप्त भएको उल्लेख गर्दै उहाले यस घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरी रहेको स्प्रष्ट पार्नुभएको छ । मोटरसाईकलको बर्क शप रहेकोे घरमा क्षति पुगेको करिव रौतहट प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिनुभयो । २०७३ सालमा दर्ता भएर संचालनमा रहेको पसलबाट मोटरसाईकलको पार्टस पूजा विक्रि तथा मर्मतको कार्य हुँदै आएको थियो । आगलागीबाट धेरै क्षति पुगेकाले आफु मर्कामा परेको संचालक साहले दुखेसो गर्नुभएको छ । गरुडा नगर उद्योग बाणिज्य संघले समेत उतm घटनाले धेरै क्षति भएको उल्लेख गर्दै क्षतिपुर्ति वा अन्य कार्यका लागि आवश्यक सहयोग गर्ने जनाएको छ । आगलागीबाट भएको क्षतिको बारेमा कटहरिया नगरपालिकाका पूर्व मेयर सियाराम कुश्वाह तथा उद्योग बाणिज्य संघका पदधिकारीहरुले समेत स्थलगत निरिक्षण गरेका छन् । यस किसिमको घटना ह्ुन नदिनका लागि आवश्यक सर्तकता अपनाउन रौतहट उद्योग बाणिज्य संघले सवै व्यापारी बर्गमा आग्रह समेत गरेको छ ।