फागु पर्व (होली) तथा इद पर्वको अवसरमा चाँदनी कला प्रशिक्षण केन्द्र चन्द्रनिगाहपुरले सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । चाँदनी कला प्रशिक्षण केन्द्रले संयुक्त रूपमा आयोजना गरेको प्रशिक्षण केन्द्रका डाईरेक्टर शेख वाहिद अलि उर्फ फूलबाबुको अध्यक्षता तथा चन्द्रपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष सहदेव केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी वडा अध्यक्ष के.सीले रंगहरुको पर्व होलीलाई सभ्य रुपमा मनाउनु पर्ने बताउनुभयो । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन रहेको उहाँले उल्लेख गर्नुभयो । हाम्रो कला र संस्कृति गौरवपूर्ण शान, कलाकर्मीको उत्थानको लागि हाम्रो अभियान“ भन्ने नाराका साथ सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय संगितकर्मि संघको सहयोग रहेको थियो । होली पर्वको आगमन सँगै आउँदै गरेको इद पर्वलाई समेत स्वागत गर्दै आपसी सत्भव एबम् भाइचाराको सम्बन्ध अझ प्रगाढ हुने उदेश्य सहित हिन्दू एबम् मुस्लिम दुवैको पर्व एकै मञ्चबाट मनाउने उदेश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक राष्ट्रिय संगितकर्मि संघ रौतहटका अध्यक्ष रामबहादुर घलानले बताउनुभयो । कार्यक्रममा नृत्य, गायन, प्रहसन,साहित्य एबम् क्यारीकेचर लगायतका प्रस्तुती स्थानीय कलाकारहरुले दिनुभयो । विशेष साँस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरुले विभिन्न प्रस्तुतिले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।