रौतहट। वीरगन्जको नारायणी अस्पतालका सबै चिकित्सकले राजीनामा दिएका छन्।
गत शनिबार अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिटको विरोधमा डाक्टरहरूले सामूहिक राजीनामा दिएका हुन्।
प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख एसपीको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका चिकित्सकहरूले माग पूरा नभएपछि सामूहिक राजीनामा दिएका हुन्।
दुवै जनाको राजीनामा नआए देशभरकै चिकित्सकले राजीनामा दिने चेतावनी उनीहरूले दिएका छन्।
अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा रामसुफल रामअनुसार ७० जना चिकित्सक रहेको उक्त अस्पतालका ३० जनाले सोमबार राति १० बजे नै अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसहेका छन्।
उनले नेपालखबरसँग भने, ‘अहिलेसम्म ६०/६५ जनाले राजीनामा बुझाइसकेका छन्। केहीले आज बुझाउनुहुन्छ होला।’