नेपालको मध्यपूर्वी तराईको पर्सादेखि पूर्वमा सप्तरी सम्मको आठवटा जिल्लाको भौगोलिक क्षेत्र समेटर मधेश प्रदेशको निर्माण भएको छ, भने यो प्रद्श नेपालकै सानो प्रदेशको रुपमा रहेको छ । नेपालको कोशी प्रदेश, वाग्मती प्रदेश र भारतको सिमानासँग जोडिएको यो प्रदेश समतल भू भागले बनेको छ भने यस प्रदेशको जनघनत्व भने अत्याधिक रहेको छ । पूर्ण रुपमा मधेश क्षेत्र रहको यो प्रदेशमा मधेशी समुदायको बाहुल्यता रहेको छ ।
उधोग, कृषि, पर्यटन र भन्सार क्षेत्रका लागि यो प्रदेश धेरै नै महत्वपूर्ण मानिन्छ भने जलविधुत आयोजना भने हालसम्म यो क्षेत्रमा छैन । वीरगंज, जनकपुर, लहान, जलेश्वर, मलंगवा, चन्द्रनिगाहपुर, गौर, राजविराज, बर्दिवास , जीतपुर, निजगढ, मिचैया, गोलबजार यस प्रदेशको प्रमुख बजारको रुपमा रहेको छ ।
समथर भू भाग, उच्च प्रतिव्यक्ति आय, प्रशस्त समथर खेती योग्य जमिन, धेरै जनसंख्या रहेका छन भने अर्को तर्फ नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषि, मत्स्यपालन, फलफुल, पशुपंक्षी र उधोगको क्षेत्रमा यस क्षेत्रलाई समवृद्ध बनाउने प्रसस्त सम्भावना रहेको छ भने अर्को तर्फ मधेशको अधिकांश जातजातिको बसोबास गर्ने यो प्रदेशमा शिक्षा, स्वास्थ्य, मानव विकास सूचांकमा धेरै पछाडी रहको छ । भने गरिवीको मारमा अधिकाँश मानिसहरु रहको छन । अधिकार, पहिचानका लागि यो प्रदेशले धेरै पटक आन्दोलन गर्नु परेको छ ।
नेपालको भौगालिक क्षेत्रका हिसावले यो प्रदेश सवैभन्दा सानो क्षेत्र हो । जसको क्षेत्रफल ९६६१ वर्गकिलोमिटर रहेको छ । मधेश प्रदेश मा करिव ६१ लाख भन्दा बढी मानिसहरुको बसोबास रहेको छ । यस क्षेत्रमा महानगरपालिका १, उपमहानगरपालिका १, नगरपालिका ७३ र गाउपालिका ५९ सहित १३६ तह र १२७१ वटा वडा रहेका छन ।
मधेश प्रदेश को भू उपयोगको अवस्था र सडक संजाल हेर्दा कृषिक्षेत्र ६६५० वर्गकिलोमिटर, वनक्षेत्र २६०० वर्गकिलोमिटर, खाली प्रति ३५० वर्ग किलोमिटर रहेको छ भने यस क्षेत्रमा नगन्य पहाडी क्षेत्र रहको छ भने हिमाली क्षेत्र भने छैन । यस प्रदेशमा कुल भूभागको ६८ प्रतिशत कृषि क्षेत्र र २७ प्रतिशत वन क्षेत्र रहको छ । नेपालको समग्र सूचांक हेर्दा स्वास्थ्य, शिक्षा र प्रतिव्यक्ति आयको अवस्था निकै नै कमजोर रहेको देखिन्छ ।
. यस प्रदेशमा कुल ग्राहस्थ्य उत्पादनमा सवैभन्दा बढी कृषि क्षेत्रमा योगदान रहको छ । जसको ४२ प्रतिशतभन्दा बढी योगदान रहको छ । नेपालको कूल ग्राहस्थ्य उत्पादनमा मत्स्यपालनमा सवैभन्दा बढी योगदान रहको छ भने बारा जिल्ला मत्स्य उत्पादन हवको रुपमा छ । यस प्रदेशमा बस्ने व्यक्तिहरुको आय ५८५ अमेरिकनडलर रहेको देखिन्छ । राष्ट्रिय स्तरमा हेर्दा कुल ग्रमहस्थ्य उत्पादनमा महत्वपूर्ण योगदान रहको छ ।
यस प्रदेशमा हालसम्म राजनीतिक नेतृत्वले आम नागरिकको सामाजिक न्याय र समतामूलक समाजको चाहना सुनिश्चित गर्न सकेको छैन । भ्रक्ष्टाचार र अनियमितता यो प्रदेशको सवै भन्दा ठूलो रोग रहेको छ । कुपोषण, बाल मृत्युदर न्युन शिक्षा, सरसफाई, शुद्ध खानेपानीको अवस्था विशेष गरेर मधेश प्रदेशको समस्याको रुपमा रहेको छ । अर्कोतर्फ छुवाछुत, बाल विवाह, दाइजो प्रथा र महिला हिंसाले यस प्रदेशमा विकराल रुप लिदै गएको छ । माथिका उल्लेखित कारणले यो क्षेत्रमा दिनानुदिन गरिवी बढदै गएको छ ।
. जानकीमाता, (सीता) को जन्मभूमि जनकपुर रहेको यो प्रदेश धार्मिक तथा पर्यटकीय दृष्टिकोणले विश्व प्रसिद्ध छ । राजा जनक, सहलेस, दिनाधद्री जस्ता वीर योद्धाहरुको जन्मभूमी तथा कर्मभूम ियसै प्रदेशमा छ । छिन्नमस्ता भगवती, धनुषाधाम, जानकीमन्दिर, राम मन्दिर, गढिमाई, जलेश्वरनाथ, कंकालिनी मन्दिर, पौराई ब्रम्हस्थान, नुनथर धार्मिक दृष्टिले आकर्षक प्रर्यटकीयस्थल हो भने अर्नाको लागि प्रसिद्ध आरक्षित क्षेत्र पर्सा पनि यसै प्रदेशमा रहको छ ।
. यस प्रदेशको साक्षरता प्रतिशत ५१ रहको देखिन्छ भने नेपालको साक्ष्रता प्रतिशत ६६ रहेको छ। यस प्रदेश अन्तर्गत पर्सामा ५६ र रौतहटमा ४२ प्रतिशत रहेको छ । रौतहट जिल्ला साक्षरताको हिसावले नेपालमा नै सवभन्दा कमजोर छ । उच्च शिक्षाको पूर्वाधारका हिसावले हाल ३ वटा विश्व विधालय संचालनमा रहकाछन र दुई मेडिकल कलेज पनि रहका छन ।
. मधेश प्रदेश को सव भन्दा ठुलो समस्या जातीय भेदभाव रहेको छ । आजको २१ औं शताव्दीमा पनि यस प्रदेशमा जातिय भेदभावले प्रश्रय पाउनु विडम्वनाको रुपमा रहेको छ । दलित र गैर दलित विचको भेदभावको खाडल ठुलो छ । भोज भतेर र कतिपय धार्मिक स्थल र सामाजिक कार्यमा आफै पनि निषेध गरिएको छ । यो एक किसिमको विकासको बाधक हो जस्तो लाग्दछ । जसले सामाजिक विकासमा बाधा पु¥याएको छ । कतिपय अवस्थामा दलित र गैर दलितवीच छुवाछुत जस्तो विषयमा विभेद भएतापनि दलित वीचमा पनि छुवाछुतको ठुलो समस्या देखिन्छ ।
विशेष गरेर यस प्रदेशमा केही तल्लो जातिमा आर्थिक, सामाजिक र शैक्षिक अवस्था सारै नै कमजोर र डरलाग्दो छ । उदाहरणका लागि भन्नु पर्दा जस्तै मुसहर, डोम, चमार, सतारहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर छ । एक सर्वेक्षणले देखाए अनुसार उनीहरुको आयु पनि कम भएको देखाएको छ । डोम जातिहरुमा बासका सामाग्री निर्माण गर्ने सीप भएता पनि बढदो शहरीकरण र विधुतीकरणका कारण उनीहरुको उत्पादनले बजार नपाएको अवस्था छ जसले उनीहरुको आर्थिक अवस्थालाई झन कमजोर बनाएको छ ।
मधेश प्रदेशमा एउटा जटिल समस्या विदेश जाने क्रम पनि रहेको छ । जसका कारण समाजमा युवाहरुको कमी देखिन्छ , जुन समाज विकासको लागि एउटा वाधक बनेको छ । सानै उमेरमा विेदेश जाने र उमेर बढाएर नागरिकता बनाउने र सोका कारण विचमै अध्ययन छाड्नाले शैक्षिक स्तरको अवस्था कमजोर भएको देखिन्छ । तर यति भएतापनि कतिपय अवस्थामा भने परिवारको आर्थिक उन्नती समेत गरेको देखिन्छ । सामाजिक र आर्थिक हिसावले यो क्षेत्रको अवस्था दारुण भएतापनि समथर भुभाग धेरै जनसंख्या, प्रसस्त खेती योग्य जमिन, देशको कुल ग्राहस्थ्यमा कृषिको योगदान, मत्स्यपालन र देशकै ठुलो राजश्व उठ्ने मुख्यद्धार यस क्षेत्रको अवसरका रुपमा रहेकोछ । माथि उल्लेखित अवसरहरु भएता पनि देशकै समृद्ध प्रदेश बन्न नसक्नु यसका चुनौतीहरु रहेकाछन् ।
अवसरहरु
बढी जनघनत्व, प्रशस्त खेतियोग्य जमिन, उधोगहरुलाई चाहिने कच्चा पदार्थ उत्पादन, पशुपालन, माछापालन, लगायत फलफुल उत्पादन, युवालाई प्रविधिसीप तथा ज्ञान प्रदान गरि दक्ष जनशक्ति उत्पादन, भारतसँगको समथल खुल्ला सीमानाका कारण उधाृगलाई चाहिने कच्चा पदार्थ कम लागतमै आयात, नेपालकै एकमात्र सुख्खा बन्दरगाह वीरगंजमा रहेको, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा रहेको , नेपालकै मुख्यद्धार, काठमाण्डौ निजगढ फास्ट ट्रयाक, सस्तो कामदारको उपलव्धता, हुलाकी राजमार्ग नेपालकै ठुलो महेन्द्र राजमार्ग, पूर्व पश्चिम रेलमार्गको निर्माण यि प्रदेशका मुख्य अवसरहरु रहेका छन ।
चुनौतीहरु
परम्परागत कृषि प्रणाली, गुणस्तरीय स्वास्थ्य सेवामा कमी, गुणस्तरीय शिक्षाको तथा प्राविधिक शिक्षाको अभाव, सरसफाईमा जनचेतनाको कमी, बेरोजगारी, रुडिवादी परम्परा, लैगिंक हिंसा, विकास निर्माणको काममा ढिलासुस्ती तथा गुणस्तरहीन, भ्रष्टाचार अनियमितता, छुवाछुत र जातिय विभेद, महिलाको राजनैथिक, सामाजिक र आर्थिक पहुँचमा कमीहरु प्रदेशमा एक किसिमका रोग र चुनौतीहरु रहेका छन
नेपालको मानव सूचांकले देखाएको शिक्षा, स्वास्थ्य, सरसफाई र जलविधुतमा पछाडी परेतापनि कृषि, मत्स्यपालन, बढदो उधाृग, कलकारखानाको निर्माणले यस प्रदेशलाई समृद्ध बनाउन सकिन्छ । देशको प्रमुख राजश्व संकलन हुने यस प्रदेशमा सुशासनका कमीका कारण दिन प्रतिदिन विकासको अवस्था खस्कदो छ । केन्द्र, प्रदेश र स्थानीय सरकारले परिवेश अनुसार सुशासन र विकास निर्माण गर्न सके मधेश प्रदेश चाडै विकसित र समृद्ध हुनेकुरामा दुईमत नहोला । साभारः गोरखापत्र दैनिक