माघ २७ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका उम्मेदवार बालेन शाह भोली बुधबार रौतहट आइपुग्ने भएका छन्। मधेश प्रदेशका विभिन्न जिल्लामा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनमत बुझ्ने अभियानअन्तर्गत बालेन शाह रौतहटको चुनावी कार्यक्रममा सहभागी हुन लागेका हुन्।
उनको सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बालेन शाहले भोली एकै दिन रौतहटका विभिन्न स्थानमा पुगेर स्थानीय नागरिक, युवावर्ग, व्यवसायी, किसान तथा बुद्धिजीवीहरूसँग साक्षात्कार गर्नेछन्। रास्वपाले यस कार्यक्रमलाई “जनतासँग प्रत्यक्ष संवादको रूपमा अघि बढाएको जनाएको छ। बिहान बागमतीबाट यात्रा सुरु बालेन शाहको रौतहट यात्रा भोली बिहान साढे ८ बजे बागमतीबाट सुरु हुनेछ। त्यसपछि उनी बागमती हुँदै चन्द्रपुर पुग्ने कार्यक्रम रहेको छ। चन्द्रपुरपछि जंगलसहिया, कटहरिया, गरुडाको झाझपुल, हर्षाहा, विश्रामपुर, समनपुर, मलाहिटोल र पिपरा बजारमा क्रमशः पुग्नेछन्।

गौर र आसपासका क्षेत्रमा जनसम्पर्क कार्यतालिकाअनुसार बालेन शाह गौर बमनहर, औरैया, लौकाहा, मौलापुर, बिजयपुर हुँदै कोल्हवीसम्म पुग्नेछन्। यी स्थानहरूमा उनले स्थानीय जनताको समस्या सुन्ने, सुझाव संकलन गर्ने तथा रास्वपाको राजनीतिक दृष्टिकोण र आगामी योजनाबारे जानकारी दिने सचिवालयले जनाएको छ।
विकास, सुशासन र रोजगारी मुख्य एजेन्डा रास्वपाले बालेन शाहको रौतहट भ्रमणका क्रममा विकास, सुशासन, रोजगारी, शिक्षा, स्वास्थ्य र स्थानीय तहको सशक्तिकरण मुख्य एजेन्डा रहने जनाएको छ। विशेषगरी युवाहरूको विदेश पलायन, कृषकका समस्या, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरजस्ता विषयमा खुला संवाद हुने अपेक्षा गरिएको छ।

हटपछि बारा प्रस्थान सचिवालयका अनुसार बुधबार दिनभरको रौतहट भ्रमण सम्पन्न गरेपछि बालेन शाहको टोली बारा जिल्ला प्रस्थान गर्ने कार्यक्रम तय गरिएको छ। मधेश प्रदेशमा रास्वपाको संगठन विस्तार र जनआधार बलियो बनाउने उद्देश्यले यो अभियानलाई निरन्तरता दिइने पार्टीले जनाएको छ।
बालेन शाहको रौतहट आगमनलाई लिएर स्थानीय तहमा राजनीतिक चासो बढेको छ भने समर्थकहरू उत्साहित देखिएका छन्।