काठमान्डौ,२७ माघ//
६० लाख रुपैयाँ लुटपाट आरोपमा एक प्रहरी हवलदार सहित चार जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी हवलदार कर्णबहादुर सुनार समेत रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।
प्रहरी हवलदार सहित चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको एसएसपी खड्काले बताए।
‘सस्तो दरमा सुन दिन्छौं’ भन्दै ६० लाख लुटपाट गरिएको प्रहरीले बताएको छ । सुन किन्न भनेर रकम लिएर आएपछि सीआईबीको प्रहरी भन्दै रकम लुटिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।