रौतहटको गुजरा नगरपालिकाका एक वडा अध्यक्ष नेपाल कम्युनिष्ट पाटी (नेकपा) मा पार्टी प्रवेश गरेका छन् । गुजरा नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष महम्द आरिफ दर्जी राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरि नेकपामा प्रवेश गर्नुभएको हो । चन्द्रनिगाहपुरमा वुधबार एक कार्यक्रमका बिच पूर्व मन्त्री तथा संसाद प्रभु साहले दर्जीलाई नेकपामा प्रवेश गराउनुभएको हो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री साहले दर्जीलाई पार्टीमा स्वागत गर्दै नेकपाको बिचार र सिद्धान्तमा रहन आग्रह गर्नुभयो । उहाँले नव प्रवेशीहरुलाई बधाई दिदै जनताको सेवा र विकासका कार्यमा लाग्न सुझाव दिनुभयो । वडा अध्यक्ष दर्जी सहित स्वयम आलम, महम्द नेपाली, आश्रय आलम, शेख नथुनी, फूल महम्द लगायतका राजपाका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै वडा अध्यक्ष दजीले राजपा समान्तीबाद सोचको पार्टी रहेकाले परित्याग गरेको बताउनुभयो । जनताको बिकासमा भन्दा पनि आफ्नो स्वार्थमा अडिग रहेकाले त्यस पाटीमा रहनुको औचित्य नरहेकाले नेकपामा प्रवेश गरेको उहाँको भनाई छ । नेकपाको बिचार र सिद्धान्त मन परेको र यसले लिएको निति उत्कृष्ट लागेर नै पार्टीमा प्रवेश गरेको वडा अध्यक्ष दजीले बताउनुभयो । राजपाबाट नै वडा अध्यक्षमा निर्वाचित भएको भएपनि पछिल्ला घटना क्रम र नगर प्रमुखको कार्य शैली र राजपाका नेताको व्यवहारबाट असन्तुष्ट रहेको उहाँको टिप्पणी थियो । कार्यक्रममा प्रदेश सभा सदस्य नागेन्द्र साह , नेकपाका केन्द्रिय सदस्य यूवराज भट्टराई (समिर), पूर्व सभासद देवेन्द्र पटेल, नेकपाका युवा नेता वहिन्द अन्सारी, पलट चौधरी, ईद्रिस सिद्धिकी लगायतको उपस्थिती रहेको थियो