
चन्द्रपुर,३ असार
रौतहटको चन्द्रनिगाहपुरमा रहेको चादी स्वास्थ्य सहकारी संस्थाको नाममा रहेको जमिन बिक्री भएको भन्ने हल्ला निराधार भएको संस्थाका सचिब अखिलेश चौधरीले बताउनु भएको छ ।
समाजिक संजालमा केहीदिन अघि चन्द्रपुर नगरपालिका वाड नंं ६ बजारटोलमा चांदी स्वास्थ्य सहकारी संस्थाको नाममा रहेको जमिन बिक्री भएको हल्ला निराधार भएको सचिब चौधरीले बताउनु भएको हो ।
सचिब चौधरीले संस्थाको नाममा रहेको जमिनको लालपुर्जा आफु संग रहेको र जुन किसिमको बजारमा हल्ला आएपछि आफु मालपोत कार्यालय चन्द्रनिगाहपुरमा गएर स्रेस्ता र मठमा समेत गएर हेरेको चौधरीले बताउनु भयो । उहाले नापी कार्यालय चन्द्रनिगाहपुरमा समेत गएर नया नक्सा निकालेको समेत जानकारी दिनुभएको छ ।
साबिक चन्द्रनिगाहपुर गाबिस वाड नं. ७ मा रहेको १६४० कित्ता नम्बरको जमिन चादी स्वास्थ्य सहकारी संस्थाको नाममा रहेको सचिब चौधरीले प्रष्ट पार्नुभएको छ ।
संस्थालाइ अस्पताल संचालनको लागी स्व. धुब्र मोहन अधिकारीले २०६९ पुस १७ गते १ कठा ९ धुर जमिन दान गर्नुभएको थियो ।