असार ०१ गते ।
मधेश प्रदेशको अर्थमन्त्री सुनीलकुमार यादवले मधेश प्रदेशसभामा अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । आइतबार साँझ मन्त्री यादवले आर्थिक वर्ष २०८२÷०८३ बजेट प्रस्तुत गरेका छन् ।
मन्त्री यादवले प्रस्तुत गरेको अगामी वर्षको बजेटमा शिक्षा तथा संस्कृति मन्त्रालयमा बजेट थपिएको छ भने श्रम तथा यातायात मन्त्रालयको बजेट कटौती गरेका छन् । श्रम तथा यातायात मन्त्रालयतर्फ अगामी आर्थिक वर्षमा ५७ करोड १४ लाख ५० हजार विनियोजन गरिएको छ । चालु ८३ करोड ४१ लाख ४८ हजार बजेट रहेको छ ।
शिक्षा तथा संस्कृति मन्त्रालयतर्फ अगामी आर्थिक वर्षको लागि ३ अर्ब ५७ करोड ६६ हजार विनियोजन गरिएको छ भने चालु आर्थिक वर्षमा यस मन्त्रालयका लागि ३ अर्ब ४३ करोड १० लाख ४ सय ४० रुपैयाँ बजेट रहेको छ । गृह तथा सञ्चार मन्त्रालयतर्फ ६४ करोड ८९ लाख ९७ हजार, भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयतर्फ २ अर्ब ८३ करोड, वन तथा वातावण २ अर्ब ३७ करोड ५६ लाख ३८ हजार, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रालयमा ४ अर्ब ४१ करोड ९९ लाख ९९ हजार विनयोजन गरिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयतर्फ १५ अर्ब ८८ करोड ७१ लाख ८५ हजार, खेलकुद तथा समाज कल्याण मन्त्रालयतर्फ १ अर्ब ६८ करोड ७३ लाख र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ६ अर्ब ४५ करोड ६१ लाख विनियोजन गरिएको छ ।