रौतहट, १० चैत्र / रौतहटको चन्द्रनिगाहपुरमा महिन्द्रा कम्पनीको सर्भिस सेन्टर सुरु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ मा रहेको दुर्गा मन्दिर छेउमा रहेको सो सर्भिस सेन्टरको आज एक कार्यक्रमका बीच मधेस प्रदेशका पूर्व पर्यटन तथा उद्योग मन्त्री एवं मधेश प्रदेश सभा सदस्य युवराज भट्टराई ‘समिर’ले रिबन काटेर उद्घाटन गर्नु भएको थियो। सो कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक शिव पुरी, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अजय साह, महिन्द्रा कम्पनिका प्रतिनिधीहरु , स्थानिय लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री भट्टराईले सो सर्भिस सेन्टरको व्यवसायिक सफलताको शुभकामना दिँदै सेवाग्राहीलाई गुणस्तरीय सेवा प्रदान गरेर सफल बन्न प्रेरित गर्नु भयो । उहाँले चन्द्रनिगाहपुरलाई व्यापार व्यवसायको लागि पायक स्थान भएकाले यसलाई व्यापारिक हव बनाउनको लागि सबै सरोकारवाला पक्षहरु योजनावद्ध ढंगले लाग्नुपर्नेमा जोडदिनुभयो । उहाँले व्यवासायिक धर्म राख्दै इमान्दारितापूर्वक व्यवसाय गर्ने जो कोहीलाई पनि आफु सहयोग गर्न प्रतिवद्ध रहेको जनाउँदै सो सर्भिस सेन्टर व्यवसायिक रुपमा सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सो सर्भिस सेन्टरमा महिन्द्रा कम्पनीको स्कार्पियो, बोलेरो लगायतका गाडीहरूको सर्भिस तथा मर्मत अनुभवी दक्ष प्राविधिक एवं आधुनिक प्रविधिको प्रयोग गरेर गर्ने सर्भिस सेन्टरका सञ्चालक कुन्दन प्रसाद चौधरीले जानकारी दिनु भयो । उहाँले सर्भिस सेन्टरले मर्मत को क्रममा कम्पनीबाट उत्पादित आधिकारिक पाट्र्सहरू प्रयोग गर्ने र सेवाग्राही हरूको सुविधालाई विशेष ख्याल राख्ने व्यवस्था गरिएको जनाउनुभयो ।
उहाँले आफ्नो सर्भिस सेन्टरमा मर्मत तथा सर्भिस गराउन आउने सेवाग्राही निराश भएर फर्कनु नपर्ने दावी गर्दै शुलभ शुल्कमा गुणस्तरिय सेवा प्रदान गर्नु आफ्नो लक्ष्य भएको बताउनुभयो ।