चन्द्रपुर,३१ चैत
रौतहटको चन्द्रनिगाहपुरमा रहेको एक होटलले स्पा र मसाज संचालनको नाममा खुलम खुल्ला यौन धन्दा संचालन गरेको पाइएको छ । रौतहटको चन्द्रपुर ५ चिडियादह मुख्य रोडमा रहेको जगत रिर्सोटले स्पा र मसाज संचालनको नाममा खुलमखुल्ला यौन धन्दा संचालन गरेको भेटिएको हो । बिगत एक बर्ष देखी सो रिर्सोटले स्पा र मसाज संचालन गर्ने नाममा यौन धन्दा चलाइरहेको स्थानियले बताउदै आएका छन । सो रिर्सोटमा अधिकांश ग्राहकहरु भारतिय नागरिकहरु आउने गरेका छन ।

भारतीय ग्राहकलाई लक्षित गरी खोलिएको उक्त होटलमा यौन क्रियाकलाप गराउने गरेको भन्दै स्थानीय स्तरमा त्यसको चर्को आलोचना हुन थालेको छ । सो होटलले देशका विभिन्न स्थानबाट युवतीहरू मगाएर भारतीय ग्राहक तथा स्थानीय ग्राहकलाई लक्षित गरी संचालन गरिरहेको स्थानिय बताउछन ।
यसैबिच सोही होटलमा आइतबार राती एक भारतिय नागरिकले हतियार नै प्रर्दशन गरेको भिडियो बाहिरिएको छ । ति भारतिय नागरिकले बन्दुक देखाएर स्वीमिङ पुलमा बसेका थिए । उक्त भिडियो बाहिरिएपछि सो होटलको चौतर्फी बिरोध गर्न थालेका छन । कानुनी राज्यमा गैर नेपाली नागरिकले खुलम खुल्ला हतियार प्रर्दशन गर्नमा होटल संचालकको समेत हात रहेको स्थानिय बताउछन ।

भारतिय नागरिकले खुलम खुल्ला हतियार प्रर्दशन गर्नु भनेको स्थानिय प्रशासनलाइ चुनौति दिनु भएको स्थानिय संचारकर्मी ओम किशोर चौधरीले बताए । भारतिय नागरिकले हतियार प्रर्दशन गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाइ समेत जानकारी दिएको पत्रकार चौधरीले बताएका छन ।
होटलमा बन्दुक प्रर्दशन गरेको चर्चा चलेपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोलीले होटलमा छानबिन गरेको थियो । छानबिन गर्दा सो बन्दुक नभएर बन्दुक जस्तै खेलौना रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले जानकारी दिएका छन । सो खेलौला प्रहरीले बरामद गरको समेत डिएसपी राईले बताए ।

पछिल्लो समय देशमा बढेको आर्थिक मन्दीसँगै राजमार्गमा रहेका ठूलो लगानीका होटलहरूले यौन व्यवसाय गर्न थालेको पाइएको छ । साना होटलहरूमा प्रहरीको आँखा सहजै पुग्ने र ठूलो लगानीका होटलमा प्रहरीले खासै वास्ता नगर्ने भएपछि ठूलो लगानीमा खुलेका होटलहरुले समेत पछिल्लो समय युवतीहरू राखेर भारतीय ग्राहक लक्षित गरेर यौन व्यवसाय गर्ने गरेको स्थानीयहरूको भनाइ रहेको छ ।

चन्द्रनिगाहपुरका अन्य होटलहरुमा समेत यौन ब्यबसाय फस्टाएको छ । सर्लाहीको बागमती, हरिओन, नयाँ रोड, लालबन्दी लगायतका राजमार्गमा रहेका होटलहरूले खुलेआम रुपमा यौनधन्दा गराउने गरेको भन्दै स्थानीयले प्रहरी समक्ष गुनासो समेत गरेका छन ।