रौतहट , २९ चैत्र / नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रौतहटको अध्यक्षमा कमल राय यादव चयन भएका छन् । शुक्रबार सम्पन्न पार्टीको नवौँ जिल्ला अधिवेशनले कमल राय यादबको अध्यक्षतामा ७४ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ । कमिटी उपाध्यक्षमा जिन्दा देवी र मदनप्रसाद सापकोटा, सचिवमा बालकृष्ण श्रेष्ठ र उपसचिवमा पविन्द्र प्रसाद पटेल, ब्रजेश सिंह र रामवली कुमार यादवलाई निर्विरोध निर्वाचित गरेको निर्वाचन कमिटीले जनाएको छ । निर्वाचन समिति संयोजक भुपेन्द्र खडकाका अनुसार जिल्ला कमिटिमा सबै निर्विरोध चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष यादवले आफुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीलाई रौतहट जिल्लाको पहिलो पार्टी बनाउने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो पार्टीलाई जनताको पार्टी बनाउने योजनामा आफुहरुको रहेको बताए । नवनिवातिच सचिव श्रेष्ठले एकिकृत समाजवादी एउटा बिद्रोहबाट जन्मेको पार्टी रहेको स्मरण गर्दै जनताको अधिकार, हकहितको रक्षाको लागि सदैव जनता माझ रहेर जनताकै आवाज उठाइरहने प्रतिवद्धता व्यक्त गरे । अधिवेशनलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घघाटन गरेका थिए ।