गरुडा,२६ चैत / मधेश र मधेशको नाममा पटक पटक उपप्रधानमन्त्री तथा मन्त्री भएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव पानी माथिको ओभानो बन्न खोजेको पाइएको छ । जसपा नेपालको रौतहट जिल्ला अधिवेशनको उदघाटन गदै अध्यक्ष यादबको भाषणको आसय त्यसतै देखिएको थियो । उनले सो कार्यक्रममा नेपाली कांग्रेस र कम्युनिष्टका कारण देशमा विकास हुन नसकेको बताएका थिए । देशमा बहुदलिय व्यवस्था लागु भएको ३५ वर्षदेखी कांग्रेस–कम्युनिष्टले सत्तामा रहँदै आएको भएपनि देशमा विकास हुनुको सट्टा देश चरम गरिवी र बेरोजगारीको भूमरिमा फसेको यादबको आरोप छ ।
मधेशमा मधेशी दल प्रति मधेशी जनताको बितृष्णा जागेपछि फेरी पनि मधेशको नाममा उनले फाइदा लिने उदेश्यले यस्ता अभिब्यक्ती दिएको हुन सक्ने अनुमान गरिएको छ । पूर्व उपप्रधानमन्त्री समेत रहेका जसपा नेपालका अध्यक्ष यादवले ३५ वर्षमा पनि कांग्रेस–कम्युनिष्टले देश बनाउन नसक्नु र देश गरिवीको दलदलमा फस्नु ठुलो चिन्ताको विषय भएको धारणा राखेका थिए । जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्य समिति रौतहटले आज मंगलबार गरुडामा आयोजना गरेको प्रथम जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिष्टको हातमा शासन र शक्ति रहेसम्म यो देशको कहिल्यै विकास हुन नसक्ने दाबी गरेका छन् । उनले नेपालमा धेरै सम्भावना र संसारकै विकसित देश बन्ने आधार हुँदाहुँदै पनि कांग्रेस–कम्युनिष्टकै कारण देशको अवस्था यस्तो बनेको बताए ।
देशलाई विकासको गतिमा अगाडि बढाउन र देशबाट गरिबी बेरोजगारी अन्त्य गर्न सबै मिलेर आउँदो निर्वाचनमा कांग्रेस–कम्युनिष्टलाई नराम्ररी परास्त गर्नुपर्ने उनले धारणा राखे ।विगत ३५ वर्षदेखि यो मुलुकको शासन गरेका कांग्रेस–कम्युनिष्टले देशको अर्थतन्त्र धरासायी बनाएको तथा कृषि, उद्योगको विकास र शिक्षा तथा स्वास्थ्यमा सुधार गर्न नसकेको उनले आरोप लगाए । उनले भने, ‘३५ वर्ष कम समय होइन, तर देशमा गरिबी तथा बेरोजगारीको समस्या समाधान हुन सकेन, ’जिम्मेवारी कसले लिन्छ ? शासकले भ्रष्टाचारलाई घटाउनुको सट्टा बढाइरहेका छन् ।’
कांग्रेस–कम्युनिष्टको शासनमा देशमा व्याप्त भ्रष्टाचार मौलाउनुको साथै देशको अर्थतन्त्र धरासायी भएको, दिनहु युवाहरु विदेश प्लायन भइरहेको र कमिसनतन्त्र बढेको उनले बताए । कांग्रेस–कम्युनिष्टका कारण देशमा रहेका ठूलाठूला उद्योग धन्दा, कलकारखाना, कम्पनी बन्द हुँदा अहिले रोजगारी नपाएर यूवाहरु विदेश प्लायन हुन बाध्य भइरहेको उनले बताए । कांग्रेस–कम्युनिष्टले देश बनाउनुको सटा लुटधन्दामा लागेको कारण देशमा विकास हुन नसकेको उनले टिप्पणी गरे । देशको विकास गर्न कांग्रेस–कम्युनिष्टले पूर्ण रुपमा असफल भइसकेको भन्दै उनले अब देशमा जनता समाजवादी पार्टी नेपालले मात्र विकास गर्न सक्ने दावी गरे ।कांग्रेस, एमाले र माओवादीले देशबाट गरिवी र बेरोजगारी कहिल्यै अन्त्य गर्न नसक्ने भएको हुँदा आउँदो २०८४ मा हुने निर्वाचनमा जसपा नेपाललाई अत्याधिक बहुमत दिएर जिताउन उनले सबैलाई आग्रह गरे ।
सरकारको नेतृत्व गरिरहेका नेकपा एमाले र कांग्रेसले जनताको असन्तुष्टि सम्बोधन गर्न नसक्दा कांग्रेस–कम्युनिष्टबाट आजित भएर जनताहरु अहिले राजावादीको आन्दोलनमा सरिक हुन थालेको समेत उनले बताए । कांग्रेस–कम्युनिष्टकै कारण देशमा अहिले राजावादीहरु सल्बलाउन थालेको बताउँदै उनले यसको समपूर्ण जिम्मा उनिहरुले नै लिनुपर्ने जिकिरि गरे ।आफुहरुले विगतका दिनमा गरेको मधेश जनविद्रोहको बलमा आएको लोकतन्त्र, गणतन्त्र र संघीयतालाई समाप्त पार्ने सडयन्त्र भइरहेको बताउँदै उनले हजारौ मधेशी सपुतको सहादतको बलमा स्थापित संघीयतालाई कसैले समाप्त गर्ने कोसिस गरे आफै समाप्त हुने चेतावनी दिए । जसपा नेपाल रौतहटको प्रथम जिल्ला अधिवेशन रौतहटको मध्य भाग गरुडा स्थित एन प्लाजा होटलमा आजदेखी सुरु भएको छ । अधिवेशनमा सहभागी हुन पार्टी अध्यक्ष उपेन्द्र यादव रौतहट आएका हुन । यादवको प्रमुख आतिथ्यमा अधिवेशनको उदघाटन सत्र सम्पन्न भइसकेको छ भने आज रातीदेखी बन्दसत्र सुरु हुनेछ । भोलीसम्म चल्ने अधिवेशनले जसपा नेपाल रौतहटको नयाँ नेतृत्व चयन गर्नेछ । बन्दसत्रमा सुरुमा जिल्ला अध्यक्ष सहित अन्य पदाधिकारी चयन सर्वसम्मतिले गर्ने प्रयास गरिनेछ ।