रौतहट , ६ चैत्र/ रौतहटको चन्द्रपपुरस्थित जनज्योति बहुमुखी क्याम्पसमा नेविसंघले आफ्नो वर्चश्व कायम राखेको छ । बुधवार बिहान आएको मत परिणाम अनुसार प्रत्यक्षतर्फ नेविसंघको प्यानलनै विजयी भएको छ । सभापतिमा नेविसंघका मोहम्मद नौसाद आलम १ हजार १ सय ७४ मत पाएर विजयी भएका छन् । निकटतम अनेरास्ववियुका दामोदर उप्रेतीले २ सय ३ मत प्राप्त गरे । अखिल (क्रान्तिकारी) का अजय पटेलले १ सय ७० मत पाए । यता सचिवमा नेविसंघका शाहिल पुरी १ हजार १ सय २८ मत ल्याई विजयी भएका छन् भने उनका निकटतम शुभ श्रेष्ठले २ सय ३१ मत ल्याएका छन् । सचिवमा अखिल (क्रान्तिकारी) का सुस्मिता घलानले १ सय ८७ मत पाए । कोषाध्यक्षमा नेविसंघकै सम्झनाकुमारी चौधरी १ हजार १ सय ४८ मत ल्याएर विजयी भएकी हुदाँ निकटतम अनेरास्ववियुका अभिशेष चौधरीले २ सय ११ मत ल्याए । अखिल(क्रान्तिकारी)का अनिषा चौधरीले १ सय ८१ मत पाइन् ।
क्याम्पस निर्वाचन कार्यालयका अनुसार २ हजार ९ सय ५४ मतदाता रहेकोमा १ हजार ६ सय ८७ मत खसेको थियो ।
चुनावी मैदानमा नेविसंघ, अनेरास्वियु, अखिल (कान्तिकारी), समाजवादी विद्यार्थी युनियनका गरी ३४ जना उम्मेदवारहरु प्रतिस्पर्धामा थिए । २०६५ सालको पहिलो निर्वाचनमा यस क्याम्पसमा अनेरास्ववियु र अखिल (क्रान्तिकारी) को गठबन्धनले जितेको थियो । त्यसपछि लगातार नेविसंघले वर्चश्व कायम राख्दै आएको छ ।