चन्द्रपुर
रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याम्पसमा मंगलबार भएको स्वबियु निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको छ । बिहान ८ बजे देखी शुरु भएको निर्वाचत निर्धारित समय ४ बजे सम्म बिद्यार्थीहले मतदान गरेका थिए ।
मंगलबार सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फ १ हजार ६ सय ८७ मत खसेको निर्वाचन अधिकृत बिनोद तिमलसिनाले जानकारी दिनुभएको छ । क्याम्पसमा २ हजार ९ सय ५४ जना मतदाता रहेका थिए । ५७ प्रतिशत मत खसेको अधिकृत तिमलसिनाले जानकारी दिनुभयो । समानुपातिक तर्फ १ हजार ६ सय ८५ मत खसेको समेत उहाले जानकारी दिनुभएको छ ।

केही समयपछि बस्ने सर्वदलिय बैठकपछि रातीबाट नै मतगणना शुरु गरिने सोही क्याम्पसका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ । निर्वाचन शान्तिपुर्वक सम्पन गराउने सम्पुर्णलाइ उहाले हार्दिक धन्यवाद दिनुभएको थियो । निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनको तर्फ बाट अध्यक्षमा दामोदर उप्रेती सचिबमा शुभ श्रेष्ठ, कोषाध्यक्षमा अभिशेष कुमार चौधरी, सदस्यमा अबिना भुजेल, हिराकुमारी पहाडी, अजय प्रसाद कलवार, दिपेश चौधरी, देबिका ठाडामगर, मनिष चौधरी र अनिता कुमारी राईले उमेदवारी दिएका छन । यसैगरी नेपाल बिद्यार्थी संघको तर्फ बाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिबमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी, सदस्यहरुमा बिकास कुमार दास, आरजु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, रितिक सिह, रेजिना कुमारी काफले र शुसिल कुमार पहरी रहेका छन ।
यस्तै अखिल क्रान्तिकारी बाट अध्यक्षमा अजय पटेल, सचिबमा सुष्मिता घलान, कोषाध्यक्षमा अनिसा चौधरी सदस्यहरुमा राजिब चौधरी, श्याम प्रकाश पटेल, लालमोहन सहनी, बिक्रम प्रसाद साह कलवार, श्रुती राउत, शर्मीला कुमारी चौधरी र सुनिल कुमार सह रहेका छन ।
यसैगरी संयुक्त समाजबादी बिधार्थी युनियन नेपालकोे तर्फ बाट अध्यक्षमा राजन चौधरी, सचिबमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चौधरी र सदस्यमा शुसान्त चौधरीले उमेदवारी दर्ता गराएका छन ।