चन्द्रपुर,४ चैत
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ५ मा रहेको मुनलाइट एकेडेमीले सोमबार अभिभाबकहरुलाइ सम्मान र एसईईका बिद्यार्थीहरुलाइ शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । बिद्यालयको प्रांगणमा आयोजित कार्यक्रम चन्द्रपुर नगरपालिका शिक्षा शाखाका प्रमुख दिपेन्द्र मण्डलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर शिक्षा अधिकारी मण्डलले एसईइ परिक्षामा सहभागी बिद्यार्थीहरुलाइ परिक्षा दिदा अपनाइने बिधिबारे जानकारी गराउनु भएको थियो । परिक्षा दिदा नहडबडाइकन दिन उहाले सुझाब दिनुभएको थियो ।

अभिभाबक सम्मान कार्यक्रममा बिद्यालय संचालक बिभु पोखरेल,नेपाल पत्रकार महासंघ रौतहट शाखाका उपाध्यक्ष सुब्बा कार्की,अभिभाबक लक्ष्मी बुढाथोकी,बिद्यालयका एकेडेमीक डाइरेक्टर दिपक घिमिरे लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा १० का बिद्यार्थी सुलक्षण दाहाल र क्यारोन श्रेष्ठले बिद्यालयमा अध्ययनको क्रममा आफनो अनुभब सुनाएका थिए ।
उक्त कार्यक्रममा सो बिद्यालयबाट यस बर्ष एसईई परिक्षा दिने बिद्यार्थीहरुलाइ मायाको चिनो प्रदान गरिएको थियो भने अभिभाबकहरुलाइ सम्मान गरिएको बिद्यालयका बिद्यालय कोअर्डिनेटर हरी कोइरालाले जानकारी दिनु भएको छ । बिद्यालयका प्रचार्य श्याम किशोर चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको उदघाटन सत्र कक्षा ९ का बिद्यार्थीहरुले संचालन गरेका थिए । कार्यक्रममा कक्षा ९ का बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।