चन्द्रपुर,५ चैत
रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्याक्पसमा उत्साहपुर्वक स्वबियु निर्वाचनको मतदान भइरहेको छ । २ हजार ९ सय ५४ जना मतदाता रहेको सो क्याम्पसमा बिहान ८ बजे देखी निर्वाचन शुरु भएको क्याम्पसका स्वबियु निर्वाचन अधिकृत बिनोद तिमलसिनाले जानकारी दिनुभएको छ । यो समाचार तयार हुदा सम्म निर्वाचनको २ वटै केन्द्रमा ४ सय २० मत खसिसकेको निर्वाचन अधिकृत तिमलसिनाले जानकारी दिनुभएको छ ।

मतदान गर्न बिद्यार्थीहरुको सक्रिय सहभागिता रहेको सोही क्याम्पसका प्रमुख राजन श्रेष्ठले जानकारी दिनुभएको छ । अहिले सम्म शान्त बाताबरणमा मतदान भइरहेको उहाले जानकारी दिनुभयो । उक्त क्याम्पसको स्वबियु सभापतिको लागी ४ वटा संगठनले प्यानल सहित उमेदवारी दर्ता गराएका छन ।
निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिधार्थी युनियनको तर्फ बाट अध्यक्षमा दामोदर उप्रेती सचिबमा शुभ श्रेष्ठ, कोषाध्यक्षमा अभिशेष कुमार चौधरी, सदस्यमा अबिना भुजेल, हिराकुमारी पहाडी, अजय प्रसाद कलवार, दिपेश चौधरी, देबिका ठाडामगर, मनिष चौधरी र अनिता कुमारी राईले उमेदवारी दिएका छन । यसैगरी नेपाल बिद्यार्थी संघको तर्फ बाट अध्यक्षमा मोहम्द नौसाद आलम, सचिबमा शाहिल पुरी कोषाध्यक्षमा सम्झना कुमारी चौधरी, सदस्यहरुमा बिकास कुमार दास, आरजु भट्टराई, रोहन श्रेष्ठ, पुष्पा कार्की, रितिक सिह, रेजिना कुमारी काफले र शुसिल कुमार पहरी रहेका छन ।

यस्तै अखिल क्रान्तिकारी बाट अध्यक्षमा अजय पटेल, सचिबमा सुष्मिता घलान, कोषाध्यक्षमा अनिसा चौधरी सदस्यहरुमा राजिब चौधरी, श्याम प्रकाश पटेल, लालमोहन सहनी, बिक्रम प्रसाद साह कलवार, श्रुती राउत, शर्मीला कुमारी चौधरी र सुनिल कुमार सह रहेका छन ।
यसैगरी संयुक्त समाजबादी बिधार्थी युनियन नेपालकोे तर्फ बाट अध्यक्षमा राजन चौधरी, सचिबमा सुजन राई, कोषाध्यक्षमा दिनिया कुमारी चोधरी र सदस्यमा शुसान्त चौधरी रहेका छन ।