चन्द्रपुर,२ चैत
रौतहटमा शनिबार बेवारिसे अबस्थामा एक युवकको शव फेला परेको छ । चन्द्रपुर नगरपालपकाको वडा नम्बर ७ बनबोहरीको आँप खोलामा शनिबार बिहान अन्दाजी ३६ बर्ष जस्तो देखिने एक युवकको मृत अबस्थामा शव फेला परेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । स्थानियले सो शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सो खबर प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मातहतको प्रहरी चौकी बनबहुअरी र ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरबाट प्रहरी निरक्षक साजन कुमार शर्माको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेका थिए । सो प्रहरी टोलीले प्रारम्भीक अनुसन्धानका कार्य गरी प्रादेशिक अस्पताल गौरमा शव परिक्षणको लागि पठाईएको प्रहरीले जनाएको छ ।
यसैबिच र्लाहीको बसबरिया गाउँपालिका भएर धनकौल तर्फ जाने नहरको बाटोमा सवारी दुर्घटना भई युवक मृत अवस्थामा शनिवार विहान फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा जारी गरिएका प्रेस नोटमा, गएराति बसबरिया गाउँपालिका वडा नम्वर ३ स्थित धनकैल जाने नहरको बाटो मधुवनी सडक खण्डमा गएराति सवारी दुर्घटना भई बसबरिया गापा २ का बुधन पासवानको २५ बर्षीय छोरा राजिव पासवान आज विहान मृत अवस्थामा स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर भएपछि विहान ८ बजेको समयमा प्रहरी टोली त्यस तर्फ पुगेका थिए ।
घटनास्थलमा मोटरसाइकलको सिट, भाईजर, हेडलाईट रहेको हुँदा बाइक दुर्घटनाबाट पासवानको मृत्यु भएको आशंका गरिएको छ । सोही स्थानका दिपनारायण यादवको २० बर्षीय छोरा धन्नजय याजको टाउको र मुखमा गम्भीर चोट लाग्दा गोल्डेन अस्पताल बरहथवामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगञ्ज तर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी गौतम थापाको कमाण्डमा खटिएका टोलीले आवश्यक अनुसन्धान कार्य भईरहेको तथा मृतक पासवानको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको प्रवक्ता राईले जानकारी दिएका छन ।