गौर,८ माघ
रौतहटको इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा क्षेत्रको लतमरीबाट अटोमेटिक पेस्तोल गोली सहित एक भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गर्न सफल भएका छन् ।
इशनाथ नगरपालिका वडा नम्वर ४ लतमरीमा रहेका सुनिल होटलमा खाजा खाइरहेका तिन जना शंकाष्पद व्यक्ति रहेको जानकारी पाउना साथ सशस्त्र प्रहरी बल (एफओबी) मठियाबाट खटिएको टोलीले आईतवार राति साढे ८ बजेको समयमा उक्त पसलमा पुग्दा दुई जना भागेपनि हतियार बोकेका एक जना व्यक्तिलाई पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटले जनाएका हुन् ।
भारत विहार पूर्वी चम्पारण जिल्ला मोतिहारी बसन्तपुर ग्रामपञ्चाय वडा नम्वर ९ का २६ बर्षिय धनञ्जयकुमार झालाई पक्राउ गरियो । उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ थान, म्याग्जीन १ थान, ७.६७ मि.मि ४ राउण्ड गोली बरामद गरिएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण का गणपति एवं एसपी विक्रम हुमागाईले दिए ।
उनीहरुले प्रयोग गरेका विआर ०५ बीडी १२२४ नम्वरको अपाचे मोटरसाइकल बरामद गरेर आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाउने तयारी भईरहेको एसपी हुमागाईले बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितिले अपराध सहितका विभिन्न उच्श्रृंखल क्रियाकलापलाई निरुत्साहित गर्नमा स्थानीय बासिन्दाहरुको सहयोगको सराहना गरे ।