गौर,२८ पुस
जिल्ला प्रहरी कार्यालय रौतहटले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिबादी ४ बर्ष पछि पक्राउ गरेको छ । शुक्रबार गोप्य सुचनाको आधारमा गढीमाइ नगरपालिका वाड नं. २ बस्ने ६२ बर्षिय सायरा खातुनलाइ पक्राउ गरेको हो । खातुनले आफनै बुहारीको हत्या गरेकी थिइन । २०७७ साल जेठ ८ गते खातुनले आफनै बुहारी निसराना खातुनलाइ कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यसैगरी कर्तव्य ज्यान मुद्दामा २० बर्ष कैदसजाय पाएका ४० बर्ष देखि फरार रहेका प्रतिबादीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । तत्कालिन ब्रम्हपुरी गाविस ९ तथा हाल राजदेवी ९ घर भएका रत्नेश्वर प्रसाद सिंहको ५६ बर्षिय छोरा राजु सिंह कर्तव्य ज्यान मुद्दामा ४० बर्ष देखि फरार रहेका प्रतिवादीलाई विशेष सूचनाको आधारमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका संयुक्त प्रहरी टोलीले गत शुक्रवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीद्धारा जारी गरिएको प्रेस नोटमा उल्लेख गरिएको हो । सर्लाहीको चक्रघट्टा गाउँपालिका वडा नम्वर ४ सुन्दरपुर गाउँमा धर्म र नाम समेत परिवर्तन गरेर लुकिछिपी बसिरहेको प्राप्त सूचनाको आधारमा प्रहरीले छापा मारेर पक्राउ गरिएको जानकारी दिदै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले फैसला कार्यान्वयनका लागि आज आईतवार रौतहट जिल्ला अदालतमा उपस्थित गराइएको बताए ।
धुपकली देवीको जाहेरीले वादी नेपाल सरकार कर्तव्य ज्यान मुद्दामा रौतहट जिल्ला अदालतबाट २० बर्षको कैद सजाय पाएका प्रतिवादी सिंह सर्लाहीको सुन्दरपुर नाम र धर्म परिवर्तन गरेर बसोबास गरिरहेको अवस्थामा समात्न सफल भएको र अदालत समक्ष पेश गरिएको र सर्लाही प्रहरीको लागि ठूलो सफलता रहेको डिएसपी श्रेष्ठले स्पष्ट पारे ।