केही दिनयता रौतहटको साझेदारी तथा राष्ट्रिय वनमा काठको चोरी तस्करी बढेको पाइएको छ । कर्मचारीले वन क्षेत्रमा नियमित गस्ती गर्न छाडेपछि रौतहटको वनमा काठको तस्करी बढेको स्थानियको आरोप छ ।
डिभिजन वन कार्यालय रौतहटका कर्मचारीहरु शहरमुखी अर्थात चन्द्रनिगाहपुरमा केन्द्रित बनेपछि रौतहटको दक्षिणी भेगका जंगलहरुमा तस्करहरु सक्रिय भएको स्थानिय बताउछन । वन क्षेत्रमा वन कर्मचारीले नियमित रूपमा गस्ती नगरेका कारण रौतहटको राष्ट्रिय वनमा व्यापक रूपमा चोरी तस्करी बढेको स्थानीय बासिन्दाले बताएका छन् । जिल्लाको रामलाल वृन्दावन साझेदारी वन क्षेत्रमा पर्ने जंगलबाट दैनिक रुपमा सयौं साइकल तथा मोटरसाइकलमा काचा सालको लात र काटिँदै लाने गरिएको भेटिएको छ । सयौँको सख््यामा सर्लाही र रौतहटका स्थानीयले वनबाट काँचो सालका लात्राहरु काटेर लाँदा समेत वन कर्मचारीले सुइको समेत पाउन सकेका छैनन । वन कर्मचारीको निष्क्रीयताको कारण वन क्षेत्रबाट सालका लात्रा काटिने क्रम बढेको स्थानीय भनाइ रहेको छ । चाँदी खोलादेखि बागमती खोलासम्म बनेको रेलवेको ट्रयाकबाट मात्र सहयोगको सख््यामा साइकल र मोटरसाइकलमा काँचा सालका लात्राहरु काटेर बोक्नेहरु सक्रिय रहेको भएपनि वन कर्मचारीले ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ । दाउराको नाममा सर्लाहीबाट आउने र रौतहटबाट आउनेहरूले चाँदी खोलादेखि बागमती खोलाको बीचको जङ्गलभित्र प्रवेश गरेर काँचा सालका लात्राका साथै गोलिया समेत काटेर लाने गरेको पाइएको छ ।