गरुडा ,२८ पुस
रौतहटको यमुनामाइ गाउपालिका जेठरहियामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २१ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
उक्त साधरण सभा संस्थाको अध्यक्ष रामपर्दाथ शाह को अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा यमुना माई गाउपालिका प्रवका तथा १ नं वडा का वडाध्यक्ष नन्दलाल राय यादव रहनु भएको थियो । साधारण सभामा अध्यक्ष रामपर्दाथ शाहले शेयर धनीहरु सँग आग्रह गरेर समयमा ब्याज बुझाउन र भाका संशोधन गर्न आग्रह गर्नुभएको छ । सो संस्थाका प्रबन्धक रामदेनी प्रसाद पटेलले संस्थाको प्रगति आम्गानी खर्च , प्रस्तुत गर्नुका साथै संस्थाको आगमी कार्यक्रम, प्रस्ताविक ०८१÷०८२ मा भवन निर्माण, दुग्ध डेरी सन्चालन,बिउ विजन पसल राखी सेवा प्रदान गर्ने बताउनु भएको छ ।
साना किसान कृषि सहकारी संस्था लिमिटेड सन्तपुर अध्यक्ष श्री ध्रुव कोईरालाले साना किसान सहकारी संस्थाका दाइत्व र महत्व बारे जानकारी गराउनुभएको थियो । यसैगरी संस्थाका मनोज चौधरीले आफ्नो सल्लाह सुझाव सहित मन्तव्य राख्नु भएको थियो भने स्वागत मन्तव्य आयोजक संस्थाका उपाध्यक्ष राश्रेष्ठ ठाकुर हजामले दिनु भएको थियो । उक्त साधरण सभाको कार्यक्रम संचालन प्रेम शंकर राय यादबले गर्नुभएको थियो ।