महोतरी, २७ मंसिर / युनिसेफ नेपाल, छाँया नेपाल र नगरपालिकाको संयुक्त सहकार्य संचालित स्वास्थ्य संस्थाहरुमा सुरक्षित रूपमा व्यवस्थित र जलवायु अनुकुलन पानी, सरसफाइ र स्वच्छता (WASH) सुबिधा सेवाहरू प्रदानको लागि प्राविधिक सहयोग कार्यक्रमको बिहिबार समापन भएको छ । मधेश प्रदेशका क्षेत्रीय निर्देशनालय स्वास्थ्य निर्देशक श्रवण कुमार नायकको प्रमुख आतिको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा वास टुलको प्रयोग गरि स्वस्थ्य संस्थाहरुमा खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रमा विद्यमान रहेको अभाव तथा अन्तरलाइ पहिचान गरि अपांग, लैंगिक तथा बाल मैत्री खाने पानि, हात धुने स्थान, सौचालय सेवा सुविधाहरुको निर्माण तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन कार्यहरु बारेमा छलफल गरिएको थियो । सो कार्यक्रममा परियोजना अवधिभर भएका गतिविधिहरुको समिक्ष्या गर्दै सक्रिय तथा संचालनमा उत्कृष्ट भूमिका निर्बाह गर्ने उत्कृस्ट स्वास्थ्य संस्थाहरुलाई पुरस्कृत गर्ने कार्य गरेको थियो । यसरी पुरस्कृत हुनेहरुमा पहिलो स्थानमा बागमती नगरपालिकाका कर्मैया स्वास्थ्य चौकी, दोश्रो स्थानमा मिर्चैया नगरपालिकाका मिर्चैया अस्पताल र तेश्रो स्थानमा लाहान प्रादेशिक अस्पताल लाहान रहेका थिए । कार्यक्रममा बोल्दै वक्ताहरुले अझै पनि मधेस प्रदेशका स्वस्थ्य चौकीहरुमा स्वछाता व्यवस्थापनको लागि निकै अपरिहार्य रहेकोमा वोड दिदैं परियोजना अवधिभर संचालित सम्पूर्ण गतिविधिहरुले ल्याएको परिवर्तनलाई दिगो रुपमा निरन्तरता दिन आगामी दिनहरुमा गर्नुपर्ने कार्यहरुको विशेस छलफल सहित नगरपालिकाको भूमिका तथा प्रदेश सरकारको भूमिकाको बारेमा छलफल सहित सुझाव दिनुभएको थियो । कार्यक्रमका युनिसेफ नेपाल क्षेत्रीय कार्यालय जनकपुरधामका बोध नारायण श्रेष्ठ, क्षेत्रीय निर्देशनालयका तथ्यांक अधिकृतसरोज कुमार यादव, बागमती नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पदम रायमाझी, जनकपुर उपमहानगरपालिकाका वाश संयोजक, युनिसेफ नेपाल जनकपुरका वास अफिसर अन्नपुर्णा मिश्रा ,सुनिता सुल्पे के.सी. लगायतको आतिथ्यता रहेको थियो । बर्दिवास स्थित मधेस नभ्या होटेलको सभाहल सम्पन्न सो कार्यक्रमको अध्यषता छाँया नेपालका परियोजना प्रवन्धक राम महर्जनले गर्नुभएको थियो ।