रौतहट, २४ बैशाख / मधेस प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री युवराज भट्टराई (समिर) ले आफ्नो निर्वाचन क्षेत्रको विकासकोे लागि चाल्नुभएको कदमको चौतर्फी प्रशंसा भइरहेको छ । रौतहट क्षेत्र नं. ४ (क) बाट प्रदेश सभामा निर्वाचित हुनुभएपश्चात भट्टराई निरन्तर आफ्नो क्षेत्रको समग्र विकासको लागि लागिरहनुभएको स्थानियहरु बताउँछन् । यस क्षेत्रको शिक्षा, स्वास्थ्य , कृषि, पूर्वाधार , रोजगार, पर्यटन लगायतका क्षेत्रहरुको विकासको लागि मधेस प्रदेश मात्र नभएर केन्द्रिय योजना ल्याउन पनि भट्टराईको सक्रियता निकै लोभलाग्दो देखिएको सर्वसाधरणहरुको बुझाई छ ।
यस अघि निर्वाचित जनप्रतिनिधीहरु निर्वाचित भएदेखि हराउने जनगुनासो व्यापक आउने गरेको थियो । तर मन्त्री भट्टराई निर्वाचित भएदेखिनै निरन्तर जनतामाझ पुग्ने गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग नियमित भेटघाट गर्नुभएपश्चात जनप्रतिनिधी भनेको ‘समिर’ जस्तो हुनुपर्छ भन्ने मानक स्थापना हुन लागेको माओवादी केन्द्रका युवा नेता धुर्व घिमिरेले बताउनुभयो । उहाँले जनप्रतिनिधी जनतासँगै हुनुपर्ने भन्ने जल्दोबल्दो उदाहरण बन्न भट्टराई सफल भएको भन्दै जनताको प्यारो नेता बन्ने बाटोमा भट्टराई अघि बढिरहनुभयो बताउनुभयो ।
मन्त्री भट्टराईले आर्थिक बर्ष २०८०/०८१ मा मधेश प्रदेश सरकारको यस आर्थिक बर्षको बजेट मार्फत चन्द्रपुर नगरपालिका र वृन्दावन नगरपालिका गरि १३ वटा वडाहरुमा पुरानो निरन्तरता र नयाँ योजनाहरु रातो कितावमा समावेश गर्न सफल हुुनुभएको छ ।
उहाँकै पहलमा भौतिक पूर्वधार विकास मन्त्रालय तर्फ वृन्दावन नगरपालिका वडा नं. ३ मा विगु यादवको घर देखि पेम लोहारको घर सम्मको सडक ढलान, चन्द्रपुर नगरपालिका वडा नं. ५ लोकतान्त्रीक मार्ग सडक ढलान, चन्द्रपुर गौर चपुर सडक गणेश चौकबाट थलही टोल जाने सडक नाला सहित स्तोरान्नती गर्ने, चन्द्रपुर ४ पुरानो ट्राफिक सिंहको घर देखि दक्षिण जाने बाटो, वृन्दावन नगरपालिका ३ सचिन्द्र यादवको घर देखि उतर बिष्णु मन्दिरसम्मको बाटो ढलान, चन्द्पुर ५ मा रामपुर साहको घरदेखी गौर जाने सडक ढलान, चन्द्रपुर ८ बसन्तपुरको आप खोला पुल, पौराई खोला पुल, पौराइ्र्र र मंगलपुर जाने बाटो, चन्द्रपुर ८ सन्तपुर देखि सिन्धुरेघारी हुँदै मलिन टोल चेतनगरसम्मको पक्की सडक, चन्द्रपुर मोथियाही मैढा धन्सार, चन्द्रपुर नपा अन्तर्गत पर्ने सहित पार्क देखि जुडिवेला हाईस्कुल हुँदै फुलबारी ग्राभेल बाटो दुवैलाई नाला सहित कालोपत्रे र चन्द्रपुर रिङ्ग रोड निर्माणका योजना पार्न सफल हुनुभएको छ । यसैगरी चन्द्रपुर ५ संसद चौक देखि पुर्वटोल टोल थलाही टोल हुँदैै मोतिपुर जाने सडक स्तोरन्नती सहित कालोपत्रे, वृन्दावन नतगरपालिकामा शहरी पूर्वधार कार्यक्रम, चन्द्रपुर ४ मा गौर चपुर सडक पाथिभरा स्कुल मुस्लिम टोल सडक स्तरोन्न्ती, चन्द्रपुर नगरपालिका वडा नम्बर ९ को सिन्दुरेघारी नजरपुर , वडेरहवा, चेतनगर, श्रीनगर हुदै बलेरीखोर हँुदै डुमरियासम्मको ग्रभेल बाटोलाई दुवै तर्फ नाला सहित सडक स्तरोन्नती , चन्द्रपुर २ मा रैयाटोल देखि चिम्नीटोल जाने बाटो स्तरोन्नती, चन्द्रपुर ४ टेकानटोलमा बिपि वन वाटिका पार्क निर्माण तथा संरक्षणका योजना पनि मन्त्री भट्टराईकै पहलमा योजनामा पर्न सफल भएको छ । मन्त्री भट्टराईकै पहल र सक्रियतामा पर्यटन विकास कार्यालय बिरगंजबाट चन्द्रपुर ५ मा भिमसेन मन्दिर सौन्दर्यकरण , कालापानी पिकनीक पार्कको स्तरोन्न्ती तथा छठघाट निर्माण, राजदेवी मन्दिरको कमाउण्डवाल निर्माण, चन्द्रपुर ७ को तारकेश्वर शिव मन्दिरको सौन्दर्यीकरण तथा स्तरोन्न्ती, चन्द्रपुर १ को नुनथर पार्क स्तरोन्नती कार्य , माजानकी मठ जिर्णेद्धार कार्य चन्द्रपुर १० वडेहवाका योजना समावेश भएपछि स्थानियहरु आफ्नो गाउँठाउँको विकास हुनेभएपछि हर्सोल्लास हुनुभएको छ ।
रौतहट कृषिभूमी भएपनि सिचाँइको अभावमा कृषकहरुले राम्रोसँग खेती गरेर उब्जाउ गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै मन्त्री भट्टराईकै पहलमा भुमिगत जलस्रोत सिचाई विकास डिभिजन कार्यालय सर्लाहीबाट जिल्लाको चन्द्रपुर ३ भोलनटार, चन्द्रपुर २ जुडिबेला, वृन्दावन १ पुर्वारीरामपुर टोलमा पावर ड्रिल जडान गरी सिचाइ सुविधा उपलब्ध गराउनुभएको छ । ‘समिर’ कृषकको सबैभन्दा बढि हित चाहने नेता हुनुभएको युवा नेता धुर्व घिमिरेको बुझाइ छ । कृषि उत्पादन बढाउनदेखि कृषिको बजारीकरणमा समेत ‘समिर’ ले निरन्तर योजनाहरु ल्याइरहनुभएकाले कृषि र कृषकलाई सवल बनाउन यी योजनाहरु निकै फलदायी भएको उहाँको भनाइ छ ।
धेरैलाई थाहा नहुन सक्छ मन्त्री भट्टराई विगत २० वर्षदेखि शरीरमा गोली लिएर जनताको सेवामा लागिरहनुभएको छ । उहाँको बायाँपट्टि छातीदेखि तल ३ वटा गोली भित्र अड्किएको छ । जनयुद्धका बेला २०६१ साल वैशाख १० गते बिहान धादिङको मलेखु खोलास्थित डुडेठारीमा सेनाले घेराबन्दी गरी एकोहोरो गोली चलाउँदा उहाँको शरीरमा ७ वटा गोली लागेको थियो । मन्त्री भट्टराईलाई गोली लागेको एक महिनापछि भारतको दिल्लीमा शल्यक्रिया गरी ४ वटा इन्सास राइफलको गोली निकालियो तर ३ वटा गोली फोक्सोमा टाँसिएकाले ज्यान जोखिम हुने निकाल्न नमिल्ने चिकित्सकले सुझाव दिएर निकाल्न नमिल्ने भनेपछि अहिले शरीर भित्र गोली त्यतिकै बसेको हो । अहिले पनि गोलीको पिडाले मन्त्री भट्टराईलाई बेलाबेलामा धेरै दुःख र पिडा दिन्छ तर पनि एकनासले उत्तिकै जोश र उत्साहको साथमा जनताको कामको लागि खटिने गर्नुभएको छ । ‘म आफ्नो पिडालाई होइन जनताको पिडालाई अभ्रभागमा राखेर काम गर्नेगर्छुं’ उहाँ भन्नुहुन्छ , ‘जुनदिन नागरिकको पिडामा मलम लगाएर कम गर्न सक्छुँ त्यसदिन मेरो पिडा आफै अन्त्य हुनेछ । मैले पाएको नयाँ जीवन जनताको लागि सर्मपित गर्न चाहन्छुँ ।’
२०५१ सालमा विद्यार्थी जीवनबाट राजनीति यात्रा सुरु गरेका गर्नुभएका उहाँ आफु बुबा लक्ष्मण भट्टराईको प्रेरणाबाट उनी राजनीतिमा प्रवेश गरेको बताउनुहुन्छ । आस्थाको राजनिती गर्ने नेताको रुपमा परिचित भट्टराई तत्कालीन माओवादीको जिल्लाका संस्थापक सचिव हुँदै हाल पोलिटव्युरो सदस्य हुनुहुन्छ । ‘२०७४ को स्थानीय निर्वाचनमा थोरै मतले चन्द्रपुर नगरपालिकाको मेयरमा पराजित भएपनि निरन्तर जनताको सुखदुःखमा सँगसँगै रहिरहें , उहाँहरुको विकास अनि समृद्धिको लागि खटिइरहे’ उहाँ भन्नुहुन्छ , यसपटक जनताको अपार मत पाएर म निर्वाचित भएको छुँ । म उहाँहरुलाई निराश पार्दिन् ।,
मन्त्री भट्टराईकै पहलमा चन्द्रपुर १० बडेरवामा शहरी विकास तथा भवन निर्माण कार्यालय पर्साबाट सभाहल, चन्द्रपुर ९ मा सामुदायिक भवन निर्माण, चन्द्रपुर १० बडेरवा टोलमा पूर्वाधारीमा थारु धर्मशाला , चन्द्रपुर २ मा बर्थिङ्ग सेन्टर निर्माण , चन्द्रपुर ९ डुमरियामा स्वास्थ्य चौकी भवन निर्माण, वृद्धावन १ हनुमान चौक आँखा अस्पताल निर्माण , समाजिक विकास ईकाइ कार्यालय सर्लाही बनदेवी प्रावी भुलनटारमा दुई कोठे भवन निर्माण, चन्द्रनिगाहपुर सरकारी अस्पताल देखी पूर्व नहरसम्म कालोपत्रे तथा सडक स्तरोन्नती , चन्द्रपुर ४ र ५ को सिमानामा पर्ने देउराली चौकबाट चन्द्रपुर सरकारी अस्पताल जाने बाटो कर्लभट निर्माण , मुसलमान टोल जाने सडक कालोपत्रे, चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवन निर्माण लगायत दर्जर्नौ योजनाहरुमा वजेट विनियोजन गरेर कार्यहरु भइरहेको नेकपा माओवादी केन्द्रका चन्द्रपुर नगर कमिटी अध्यक्ष टिका आर्चायले बताउनुभयो ।
मन्त्री भट्टराईले निर्वाचित भएर आएदेखि अरु नेताहरुले वर्षौसम्म गर्न नसकेका कार्यहरु २ वर्षभित्रै गरेर देखाएपछि यहाँका नागरिकहरुले आफ्नो मतको सदुपयोग भएको अनुभव गरेको उहाँको भनाइ छ । प्रदेश सभा सदस्य हुँदा मात्र धेरै विकासका योजनाहरु ल्याउन सफल हुनुभएका भट्टराई अब मन्त्री भएपछि अझ बढि र वृहत विकासका योजनाहरु ल्याउनेमा यहाँका नागरिकहरु आशावादी बनेका छन् ।