रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ४ मा रहेको सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टरले आधुनिक सुविधा सहित बिरामीको उपचार गर्दै आएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चन्द्रपुर सडकखण्ड नजिकमा रहेको यस हस्पिटल संचालनमा आएदेखि नै यस भेगका बासिन्दालाई उपचारमा सहज भएको छ । आधुनिक प्रविधिको उपकरण सहित दक्ष, अनुभवी तथा विशेषज्ञ चिकित्सकबाट उपचार हुन थालेपछि यहाँ ग्रामिण भेगबाट उपचारका लागि बिरामी आउने गरेका छन् । सिभिल हस्पिटलका चिकित्सक देखि कर्मचारी सम्मले गर्ने व्यवहारमा विनम्रता तथा विरामीको हेरचाह गर्ने शैलीले अति राम्रो भएको उपचारका लागि आएका बिरामीहरुले बताएका छन् । केहि दिन अघि चन्द्रपुरमा भएको सडक दुर्घटनामा परी घाईते हुनुभएका प्रकाश पुर्लामीको खुट्टाको अप्रेसन गरीएको थियो । घाईते पुर्लामीले आफ्नो खुट्टाको उपचार यहाँ सम्भव नहुने भन्दै अन्य जानु पर्ने बाध्यत्मक अवस्थामा यस हस्पिटलले सम्भव भएको भन्दै गरेको उपचारका बारेमा सन्तुष्ट व्यतm गर्नुभयो । यहाँ आधुनिक प्रविधिको उपकरण सहित विशेषज्ञ चिकित्सकबाट उपचार भएपछि आफुले नयाँ जिवन पाएको उहाँको भनाई छ । यस हस्पिटलले दिएको सुविधा प्रशंसा गर्न योग्य भएकाले सुविधाको चर्चा मात्र गरेको उहाँले उल्लेख गर्नुभयो । २०७५ सालमा विधिवत दर्ता भई वैधानिक तवरबाट १५ वेडको यस सिभिल ह्युमन हस्पिटल एण्ड रिर्सच सेन्टर संचालनमा आएको हो । सिभिल ह्युमन हस्पिटलबाट २४ संैं घण्टा ईमरजेन्सी सेवा, शल्यक्रिया द्धारा प्रसुती सेवा, एपेन्डिक्स, हर्निया, हाईड्रोसिल, पायल्सको अपरेसन, स्त्रीरोग बिशेषज्ञ द्धारा शल्यक्रिया सहित प्रसुती सेवा, बालरोग बिशेषज्ञ डक्टरद्धारा बालरोगको उपचार, हाडजोर्नी, छाती, पेट सम्वन्धी समस्याको उपचार, सुरक्षित गर्भपतन सेवा सम्वन्धी सल्लाह सुझाव, परिवार नियोजन सम्वन्धी स्थायी तथा अस्थायी सेवा, छाला रोग विशेषज्ञद्धारा छाला सम्वन्धी सम्पुर्ण उपचार र आँखा तथा दाँतको उपचार सेवा दिदै आएको छ । यस भेगमा सुविधायुतm हस्पिटल नभएको अवस्थामा आफुले स्वास्थ्य क्षेत्रमा लगानी गरेको सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टरका संचालक राजन कुमार साहले बताउनुभयो । आफु लामो स्वास्थ्य क्षेत्रमा नै आवद्धता रहेकाले यहाँका बिरामीलाई सहज, सरल र कम खर्चमा उपचार गराउने उदेश्य लिएर हस्पिटल संचालनमा ल्याएको उहाँले जिकिर गर्नुभयो । आफुले विरामीको सेवा नै धर्म हो भन्ने मुल मान्यता लिएको बताउँदै हस्पिटलले दिने सेवा सुविधा र उपचारको सेवामा कमि नहुने उहाँले दावी गर्नुभयो । यदपी कुनै किसिमका समस्या वा गुनासो भएमा सिधै आफुलाई सम्पर्क गर्न समेत उहाँले सुझाव दिनुभयो । उहाँका अनुसार हस्पिटलबाट आधुनिक प्रविधिको ल्याव सेवा, डिआर प्रविधिको डिजिटल एक्सरे सेवा, फोरडि कलर डोपर भिडियो एक्सरे सेवा, ईन्डोस्कोपी सेवा, ईसिजी मुटु जाँचको सेवा, आईसियू, एनआईसियू, पोष्ट, ओपिडी वार्ड सेवा, भिआईपी वाड, भिआईपी क्याविन सेवा उपल्वध छ । अहिले दैनिक ५०÷६० जना विरामीले ओपिडि सेवा लिने गरेको हस्पिटलका संचालक साहले जानकारी दिनुभयो । ५० बर्ष माथिका जेष्ठ नागरिक तथा बिपन्नलाई हस्पिटल सेवामा २० प्रतिशत र औषधीमा ५ प्रतिशत छुट दिने गरेको उहाँले बताउनुभयो । प्रत्येक महिनामा एक जनाको निशुल्क प्रसुती सेवा र अप्रेसन हुँदै आएको छ भने नगरभरी सिभिल हस्पिटलको एम्वुलेन्स सेवा निशुल्क उपल्वध गराएको उहाँले जनाउनुभयो । विगत ९ महिना देखि यस जिल्लामा पहिलो पटक नचिरीकन दुरवीन प्रविधिको माध्यमबाट लेजर सर्जरी सुरु गरीएको उहाँले बताउनुभयो । सिआरएस मेसिनद्धारा विभिन्न किसिमको टुटेको, फुटेको हडिको अप्रेसन तथा स्टिल हाल्ने र निकाल्ने सुविधा पनि सिभिल ह्युमन हस्पिटलले दिदै आएको छ । हस्पिटलका संचालक साहले १५ वेडको सुविधा रहेको यसलाई ५० वेडमा पुरयाउने लक्ष्य छ । सोहि अनुसार प्रक्रिया समेत अघि बढेको र हस्पिटलले सुविधा समेत थप्दै लगेको उहाँले उल्लेख गर्नुभयो । बिरामीहरुको उपचारलाई मध्यनजर गर्दै आवश्यक सेवा बिस्तारमा हस्पिटलले जोड दिएको उहाँको भनाई छ । आकस्मिक रगतको आवश्यक परेमा यहाँका सर्वसाधरणबाट रतmदान गराई उपचार गराउँदै आएको उहाँले बताउनुभयो । विपन्न तथा गरिव समुदायका बिरामीको पहुँचमा रहेको यस अस्पतालकोे शुल्क महँगो नभएको उहाँको भनाई छ । यसअघि यस भेगका बासिन्दा उपचारका लागि सिमावर्ती भारतीय शहर वा नेपाली शहर वीरगंज, जनकपुर, चितवन र काठमाडौं जाने गर्दथे । तर सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टर खुलेदेखि बिरामीलाई अन्य जानु पर्ने वाध्यता हटेको भन्दै खुसी भएका छन् । यस हस्पिटलले विभिन्न संघ संस्थाको सहकार्यमा स्वास्थ्य शिविर , दाँत शिविर, रतmदान लगायतका कार्यक्रम समेत गर्दै आएको छ । रौतहटमा निजी क्षेत्रमा खुलेको सुबिधायुतm सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टरमा बिभिन्न रोगका बिशेषज्ञहरु डाक्टरहरुले बिरामीहरुको उपचार गरेर सेवा दिदै आएको छ । हस्पिटलका अनुसार हाल कन्सल्टेन्ट यूरोलोजिष्ट (मुत्ररोग विशेषज्ञ) डा. दिपक रौनियार, सेनियर मेडिकल अफिसर डा. राज लाल मण्डल, हड्डी तथा नशा रोग विशेषज्ञ डा. कृष्ण कुमार झा, जेनरल एण्ड ल्याप्रोस्कोपिक सर्जन डा. रामा शंकर यादव, नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा. उपेन्द्र यादव, स्त्री रोग बिशेषज्ञ डा. जितेश ठाकुर, वरिष्ठ फर्मेली फिजिसियन डा. सतिश निरौला, वरिष्ठ स्त्री प्रसुती तथा निसन्तान रोग विशेषज्ञ डा. लिमु कुमारी साह, इन्टरनल मेडिसिन डा. राजिव साह र जनरल सर्जन तथा यूरोजलोजिष्ट रोविटिक सर्जरी डा. राधेश्याम गुप्ताले सेवा दिदै आउनुभएको छ । यहाँ आएका जटिल प्रकारका विरामीले उपचारको सेवा पाएको सिभिल ह्युमन हस्पिटल एण्ड रिसर्च सेन्टरले दावी गरेको छ । अहिले हस्पिटलले थप सुविधा बिस्तार र स्तरोन्न्तीको कामलाई जोड दिदै आएको पाईएको छ ।