प्रदेश नं. २ को ४ वटा जिल्लाको भु संरक्षण सम्बन्धी काम गर्ने कार्यालय भु –तथा जलाधार ब्यबसथापन कार्यालयको शुक्रबारबाट चन्द्रनिगाहपुरमा संचालनमा आएको छ । देश संघियतामा गए संगै जिल्ला भु संरक्षण कार्यालयलाइ बिस्थापन गरी उद्योग, पर्यटन ,वन तथा बाताबरण मन्त्रालय अन्र्तरगत प्रदेश वन निर्देशानालय अन्र्तरगत सो कार्यालय स्थापना भएको हो । उक्त कार्यालयको उद्घाटन ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका शाखा अधिकृत हेमराज फुयालले गर्नुभयो । प्रदेश नं. २ को पर्सा,बारा,रौतहट र सर्लाही कार्यक्षेत्र रहेको सो कार्यालयका प्रमुख बरिष्ठ जलाधार ब्यबस्थापन अधिकृत श्याम सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । यी ४ जिल्ला भरीका भु संरक्षण तथा जलाधार ब्यबस्थापन गर्ने कार्य यस कार्यालयबाट हुने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । सो कार्यालयमा १७ जना बिभिन्न तहका कर्मचारीहरु रहने छन् ।