चन्द्रपुर - कृषकहरुको आय आर्जनमा बृद्धि गर्ने उदेश्यले रौतहटको गुजरा नगरपालिका र चन्द्रपुर नगरपालिकाको २ वटा सहकारी संस्थालाइ घास काटने मेशिन हस्तान्तरण गरिएको छ ।
मंगलबार एक कार्यक्रम आयोजना गरी ति दुबै नगरपालिका २ वटा सहकारी संस्थाका पदाधिकारीहरुलाइ हस्तान्तरण गरिएको हो ।
गुजरा नगरपालिका वडा नं २ मैढा स्थित ध्रुवतारा सामाजिक उध्मि महिला सहकारी संस्था लिमिटेड र चन्द्रपुर नगरपालिकाको वाड नं. २ को परिश्रमीक सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लिमिटेडलाइ ५०÷५० थान घास काटने मेशिन हस्तान्तरण गरेको थियो ।
गुजरा नगरपालिकामा आयोजित कार्यक्रममा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले किसानहरुलाइ ब्यबसायिक पशुपालन गर्न यस प्रकारको मेशिनले ठुलो सहयोग गर्ने बताए ।
आफनो नगर क्षेत्रका किसानहरुको आर्थिक स्तर बृद्धि गर्नको लागी उन्नत जातको बोका बितरण,घास काटने मेसिन बितरण लगायतका बिभिन्न कार्यहरु गदै आएको नगर प्रमुख चौधरीले जानकारी दिएका छन । किसानको आर्थिक अबस्था सुधारको लागी हरदम सहयोग गर्न तयार रहेको नगर प्रमुख चौधरी भनाइ रहेको थियो । सहकारी संस्थाकी अध्यक्ष निला पोखरेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गुजरा नगरपालिका काप्रमुख प्रशासकीय अधिकृत श्री बिनोद जैसवाल,वडा नं २ का वडा अध्यक्ष असोक खाँ थारु,हेफर इन्टरनेसनल नेपाल का व्यावसाय प्रर्बधन अधिकृत श्री सुवास थापाको सहभागिता रहेको थियो ।
यसैगरी चन्द्रपुर नगरपालिका वाड नं. २ कलटोलमा आयोजित मेशिन हस्तान्तरण कार्यक्रममा चन्द्रपुर नगरपालिका नगर कार्यपालिका सदस्य कल्याण कुश्वारले अब किसानहरु परमपरागत पशुपानल छाडेर ब्यबसायिक पशुपालन तर्फ अग्रसर हुनुपर्ने बताएका छन । ब्यबसायिक रुपमा बाख्रा पालन,गाइपालन तथा भैसी पालनको लागी नगरपालिकाले सहयोग गर्ने समेत कुश्वारले बताए ।
उक्त मेशिन सुलभ ३ प्रतिशत ब्याजदरमा सहकारीलाइ उपलब्ध गराएको हेफर इन्टरनेशनलकी बजार सबलीकरण सहजकर्ता निर्मला सुबेदीले जानकारी दिएकी छिन । सो मेसिन बजार मुल्य प्रति गोटा ३५ हजार रहेकोमा सहकारी मार्फत ३० हजारमा उपलब्ध गराएको सुबेदीले जानकारी दिइन । नियमित रुपमा किस्ता बुझाउने किसानलाइ अन्तिम किस्ता छुटको पनि ब्यबस्था रहेको सुबेदीको भनाइ रहेको छ ।
दुग्ध उत्पादनलाइ बृद्धि गर्ने उदेश्यले सो मेशिन किसानहरुलाइ उपलब्ध गराएको हेफर इन्टरनेसनल नेपाल का व्यावसाय प्रर्बधन अधिकृत श्री सुवास थापाले जानकारी दिएका छन ।