चन्द्रपुर - चन्द्रनिगाहपुरका युवा निमार्ण ब्यबसायी कल्याण कार्कीले गत आइतबार भएको निमार्ण ब्यबसायीहरुको निर्वाचनमा सानदार मत सहित सचिब पदमा जितेका छन । कार्कीले १ सय ६४ मत सहित सचिब पदमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्धन्दी चन्द्रनिगाहपुर कै नारायण न्यौपाने रहेका थिए । उक्त निर्वाचनमा रौतहट जिल्लाभरीका ३ सय १० जना निमार्ण ब्यबसायीहरुले मतदान गरेका थिए । समितिको अध्यक्षमा कृष्णदेब यादबले जितेका छन । अध्यक्ष यादबले राजदेवी नगरपालिकाका पूर्वमेयर तथा निर्माण व्यवसायी धिरेन्द्र सिंहलाई १२ मत अन्तरले हराएका थिए ।
यादवले १६० मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सिंहले १४८ मत प्राप्त गरेका थिए ।त्यस्तै संघको वरिष्ठ उपाध्यक्षमा सर्वाधिक १८० मत प्राप्त गर्दै उपेन्द्रकुमार यादव निर्वाचित भएका छन् । उपाध्यक्षमा उपेन्द्र यादव, महासचिवमा श्रीकान्तप्रसाद यादव, सचिवमा कल्याण कार्की, कोषाध्यक्षमा विक्रान्त विक्रम नेपाल र सहकोषाध्यक्षमा वीरेन्द्र चौधरी निर्वाचित भएका छन् ।संघको क्षेत्रीय उपाध्यक्षहरूमा क्रमश पवन किशोर साह, प्रमोद कोइरी र रामवषिष्ठ राय यादव निर्वाचित भएका छन् ।
सदस्यहरुमा वीरेन्द्र प्रसाद, नितेश यादव, सवीन्द्र नारायण साह, प्रमोदकुमार यादव, सरोजकुमार यादव, विवेक सिंह, सुनरजितकुमार गिरी, मुरलीधर यादव, मोहम्द मनिर शेख निर्वाचित भएको निर्वाचन अधिकृत छोटेलाल दासले जानकारी दिए ।