राैतहट , २४ असार / टिभीएस मोटर कम्पनीले मार्भल्स अभेन्जर्सबाट प्रेरितटिभीएस एनटर्क १२५ सुपरस्क्वाड संस्करण नेपालमा सार्वजनिक गरेको छ । सो कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसँग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को एक विशेष सुपरस्क्वाड संस्करण शुरु गरेको गणपति अटो एण्ड सेन्टर चन्द्रनिगाहपुरका सञ्चालक रामहरी पंडितले जानकारी दिनुभयो । उहाँका अनुसार ती स्कुटरहरु आइकोनिक मार्भल सुपर हीरोद्वारा प्रेरित नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कुटर हुन् ।
सुपरस्क्वाड संस्करणका स्कुटरहरु आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित रहेको र इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लु रंगहरुमा उपलब्ध हुने पंडितको भनाइ छ । यो संस्करणले उत्पादनको डिजाइन मार्फत प्रत्येक मार्भल सुपर हीरोसँग सम्बन्धित उत्तम सुक्ष्म भेदहरु ल्याउने उहाँको दावी छ । ‘सुपरस्क्वाड लोगो र आइकनिक अभेन्जरको “ए” स्पष्ट रूपमा फ्रन्ट प्यानल, लेग शिल्ड, र स्पीडोमिटर मुनि राखिएको छ ’ उहाँले भन्नुभयो, ‘ हामी विश्वस्त छौं कि यसले नेपालमा हाम्रा ग्राहकहरुलाई खुशी पार्नेछ।’
सुपरस्क्वाड संस्करणको टिभीएस कनेक्ट एप स्मार्टएक्सनेक्टद्वारा संचालित रहेको र क्यारेक्टरहरूद्वारा प्रेरित कस्टुमाइज्ड् यूजर इन्टरफेस (यूआई) को साथ आउने एप सम्बन्धित पात्रहरूको सिल्हूटसँग खुल्ने उहाँले जानकारी दिनुभयो ।